गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

  • शुक्रबार, कार्तिक १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

डोटी, १४ कात्तिक ।
धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् ।
दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा पनि मल नपाइको र अहिले गहुँ छर्ने बेलामा पनि अभाव भएको बताउँदै यसपालि गहुँ नसप्रने बताउनुभयो । स्थनीय व्यापारी मानबहादुर धामीले कोरोना महामारीको मार खेपेका जनताले मलको पनि अभाव खेप्नुपरेको जनाउनुभयो ।
सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरका निर्देशक यज्ञराज जोशीले प्रदेशका नौ वटै जिल्लामा मल अभाव भएको स्वीकार्दै प्रदेशमा कूल एक लाख मेट्रिक टन युरिया मल आवश्यक पर्ने भएपनि आपुर्ति गर्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनीमा समेत मल नभएका कारण वितरण गर्न नसकिएको जनाउनुभयो ।
डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले ती कुनै पनि जिल्लामा मल पुगेको जानकारी नआएको बताउनुभयो ।
डोटीमा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनीले समयमै मल खरिद गरी नल्याउँदा यस्तो समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । कृषि सामग्री कम्पनी दिपायलले कोरोना महामारीका कारण कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपुर्ति गर्न नसकिएको जवाफ दिने गरेको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र सिलगढी डोटीले युरिया मलको विकल्पमा कुखुराको मल प्रयोग गर्न सकिने जानकारी दिएको छ । अहिले बजारमा युरिया मलको अभाव भएपछि वैकल्पिक मल प्रयोग गर्न प्रदेश कृषि निर्देशनालय दिपायल राजपुरले आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी