कोरोना बिरुद्ध बेलायतले तयार पारेको भ्याक्सिन दिईएका एक संक्रमितको ब्राजिलमा मृत्यु

कोरोना बिरुद्ध बेलायतले तयार पारेको भ्याक्सिन दिईएका एक संक्रमितको ब्राजिलमा मृत्यु

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

एजेन्सी कार्तिक ६ । कोरोना बिरुद्ध भ्याक्सिन बनाउने दौड संसारभर चलिरहेको छ । यसमा रुस, चीन, बेलायत, अमेरीका लगायतका देशहरु सक्रिय छन् । सबै भन्दा अगाडी रुस रहेको छ ।
बेलायतको एस्ट्रजेनेका र अक्सफोर्डले तयार पारेको भ्याक्सिन परीक्षणमा यस अघि मानिसहरु बिरामी भए पछि रोकिएको परीक्षण पुनः सुचारु भएको थियो ।
यही भ्याक्सिन ब्राजिलमा पनि लगाउने क्रम जारी छ । यसरी भ्याक्सिन दिईएका एक संक्रमितको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्वयंसेवकको मृत्यु हुनुका बाबजुद भ्याक्सिन परीक्षण भने नरोक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
ब्राजिलले रुस, चीन र बेलायतको पनि भ्याक्सिन ट्रायलका लागि अनुमति दिएको छ । ब्राजिलमा अमेरीका पछि सबै भन्दा धेरै मानिसको कोरोनाका कारण ज्यान गएको छ । संक्रमणको हिशाबले भने ब्राजिल भारत भन्दा कम तेस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी