कार्तिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू

कार्तिक ८ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) लागू

  • बिहिबार, कार्तिक ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

काठमाडौँ, ६ कार्तिक ।
सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएकाले सहयोगका लागि सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त कानून कार्यान्वयनका लागि विज्ञापन बोर्डको गठन भइसकेको छ र अनुगमनका लागि जिम्मेवारीसहितको संस्थागत प्रबन्ध गरिसकिएको जनाएको छ ।
ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिदेखि उक्त व्यवस्था लागू गर्न गराउन र अन्यथा कानूनअनुसार हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोकर्णमणि दुवाडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विसं २०७६ कातिक ८ गते देखि लागू भएको सो ऐनको दफा ६ मा विदेशी च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था रहेको छ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, ऐन प्रारम्भ हुँदाका बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने, विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाउने कानूनी व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी