आज मंगलग्रह दुर्लभ रुपमा पृथ्वीबाट नजिकै र चम्किलो देखिने

आज मंगलग्रह दुर्लभ रुपमा पृथ्वीबाट नजिकै र चम्किलो देखिने

  • मङ्लबार, अशोज २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

असोज २७ काठमाडौं । आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने र चम्किलो पनि देखिने छ । जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन भनिएको छ ।
जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका अनुसार प्रत्येक दुई वर्षमा हुने मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ । १३ अक्टोबरमा मंगलग्रह पृथ्वी नजिक देखिने नासाका वैज्ञानिकहरुले यसअघि नै बताएपनि गत ६ अक्टोबरमा यो ग्रह करिव पृथ्वी नजिक आइपुगिसकेको छ भने अहिले पृथ्वी र मंगलग्रहको दूरी ३८ दशमलव ६ मिलियन माइलको दूरीमा रहेको छ ।

अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाका वैज्ञानिकहरुले जनाएका छन् । यस अघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी