असोज २६ एजेन्सी । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस नोट, फोनको स्क्रीन, सिसा र स्टिलमा २८ दिनसम्म बाँच्न सक्ने बताएका छन् । सोमबार उनीहरुले कोभिड–१९ को बिरामी बनाउने कोरोना भाइरस बैंक नोट, स्टिल र सिसामा २८ दिनसम्म बाँच्न सक्ने बताउँदै सरसफाइ र हात धुने कुरामा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) का अनुसन्धादाताले २० डिग्री सेल्सियस तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताए । यो प्रतिवेदन भाईरोलोजी जर्नलमा प्रकाशित गरिएको छ ।
यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा भने सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बतार्इएको थियो ।
विश्वव्यापी प्रभाव पारीरहेको कोरोना भाईरस सम्बन्धि संसारभरी विभिन्न अध्ययनहरु जारी छन् ।