शारीरिक अशक्त भएकाहरुले बाख्रा उपहार पाउँदा दङ्ग

शारीरिक अशक्त भएकाहरुले बाख्रा उपहार पाउँदा दङ्ग

  • शनिबार, अशोज २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

झापा , २४ असोज ।
मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर–४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी हुनुहुन्छ । उहाँ राम्रोसँग बोल्न सक्नुहुन्न । आशिषकी आमा गोमा जोगीले ती बाख्रा बुझेर घर लैजानुभयो । आयआर्जनको कुनै स्रोत नभएको बताउने गोमाले अपाङ्गता भएको छोराको नाममा बाख्रा पाउँदा हर्षित भएको बताउनुभयो ।

“घर लान्छु र राम्ररी स्याहार्छु”, बाख्रा उपहार पाएपछि जोगीले भन्नुभयो, “शारीरिक अपाङ्गता भएको छोरालाई कसैले सहयोग गर्दैनन् जस्तो लाग्थ्यो, बाख्रा नै देलान् भन्ने सोचेकी थिइन ।” राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ, समाज सेवा सुधार सङ्घ र अपाङ्ग सहयोग समिति झापाले ती बाख्रा वितरण गरेका हुन् । काठमाडौँमा प्रधान कार्यालय रहेको राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालले कोरियन दातृ संस्थाको सहयोगमा बाख्रापालनका लागि रु पाँच लाख आर्थिक प्राप्त गरेको आयोजक संस्था समाज सेवा सुधार सङ्घका अध्यक्ष धर्म घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार प्रत्येक संस्थाले २०÷ २० गरी झापामा ६० जना शारीरिक अपाङ्गता भएकालाई स्थानीय जातका बाख्रा वितरण गर्ने भएको छ । जसमध्ये पहिलोचरणमा मेचीनगरका २० जनालाई दुई÷दुई वटाका दरले बीउ बाख्रा वितरण गरिएको हो । अरु क्षेत्रमा यसरी नै बाख्रा वितरण गरिने बताइएको छ ।

बाख्रा लैजानेले दुई वर्षमा दुईवटा पाठा संस्थालाई फिर्ता गर्नु पर्नेछ । भविष्यमा आउने ती पाठालाई अरु अपाङ्गता भएका व्यक्तिलाई बीउको रुपमा वितरण गरिने सङ्घका उपाध्यक्ष गङ्गा संग्रौलाले बताउनुभयो । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले अशक्त व्यक्तिको आर्थिक आयआर्जन बढाउनका लागि बाख्रा वितरण कार्यक्रम उदाहरणीय भएको बताउनुभयो ।

समाज सेवा सुधार सङ्घका अध्यक्ष घिमिरेले वितरण गरिएका बाख्राको बीमा नगरपालिकाले गरिदिने र दुई महिना पुग्ने ५० केजीको दरले पशुआहार दानासमेत उपलब्ध गराइएको बताउनुभयो । उनीहरुलाई पाँच दिनसम्म प्रशिक्षक मदनकुमार भण्डारी र कमलप्रसाद खनालले बाख्राको जात, टाट्नोको व्यवस्था, सरसफाइ, बिरामी भएमा उपचार गर्ने प्रविधि र बाख्रा राख्ने खोरको बारेमा सिकाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी