कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्की नियुक्त

कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अध्यक्षमा डा. योगेन्द्रकुमार कार्की नियुक्त

  • बुधबार, अशोज २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

काठमाडौं, २१ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. योगेन्द्रकुमार कार्की कालिमाटी फलफुल तथा तरकारी विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् ।
डा. कार्कीलाई मन्त्रीपरिषद्को पछिल्लो बैठकले समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
डा. कार्की कृषि अर्थशास्त्र समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कृषि प्रसार समाजका उपाध्यक्ष हुन् । यसअघि कार्की बागमति प्रदेशको भूमि कृषि तथा सहकारी मन्त्रालयका सचिव रहिसकेका छन् ।
डा. कार्कीले बागमति प्रदेशको भूमि कृषि तथा सहकारी मन्त्रालयका सचिव हुँदा कृषि क्षेत्रको विकासका लागि अल्पकालिन्, मध्यकालिन र दीर्घकालिन योजनाहरु बनाएर कृषकको लागि महत्वपूर्ण काम गरेका थिए ।

वास्तविक कृषकले सरकारबाट पाउने अनुदान नपाउने र कागजमा मात्रै देखाएर अग्रेजीमा पूस्ताव तयार गरी गैरकृषकले अनुदान लिएको भन्ने गुनासो व्यापक बढीरहेका बेला डा. कार्कीकै पहलमा वागमती प्रदेशमा प्रपोजल लेखेर अनुदान पाउने युग यहि बर्षबाट अन्त्य भएको छ ।
अनुदान प्रणाली भन्दा पनि बैंकिङ प्रणालीबाट सहज र सहुलियत रुपमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी