नेपालीले बर्षमा साढे ४ अर्बको विदेशी स्याउ खान्छन, तर नेपाली स्याउ बोट र बारीमा खेर जाँदै

नेपालीले बर्षमा साढे ४ अर्बको विदेशी स्याउ खान्छन, तर नेपाली स्याउ बोट र बारीमा खेर जाँदै

  • आइतवार, अशोज ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

असोज ११ काठमाण्डौं । देशमा उत्पादन र औद्योगिकीकरण हुन नसक्नुको परिणाम स्वरुप जनता उपभोग्य बस्तुमा पनि विदेशमै निर्भर रहनु परीरहेको छ । यति सम्म कि स्वदेशमै भएका उत्पादनहरु यही लापरवाहीका कारण खेर गईरहेको छ ।
नेपालको स्याउ पनि यही मारमा परेको छ । नेपालमा हरेक बर्ष साढे ४ अर्ब भन्दा बढीको स्याउ, भारत, चीन, अमेरीका लगायतका मुलुकबाट आँउछ । तर डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट, रुकुम, मनाङ र मुस्ताङ लगायतका जिल्लामा फलेका स्याउ उपयुक्त स्टोर, ढुवानी र बजारीकरण हुन नसक्दा धेरै जसो खेर जाने स्थिति छ ।
नेपालमा बर्ष भरीमा ८४ हजार मेटिक टन स्याउ खपत हुन्छ । नेपालमा उपयुक्त हावापानी र अग्र्यानिक तरीकाले फलेका स्वाउ स्वादीलो र गुणस्तरीय भए पनि खपत हुन सकेको छैन । भन्सार विभागका अनुसार एक आर्थिक बर्षमै नेपालमा साढे ४ अर्ब बढीको विदेशी स्याउ आयात भएको छ ।
एकातिर सरकारले बजार व्यवस्थापनमा ध्यान दिएको छैन भने अर्कोतिर उपभोक्ता पनि उपलव्ध स्याउमा गुणस्तर र स्वदेशी उत्पादन भन्दा पनि आकर्षक स्वरुपमा रहेका स्याउतिर ध्यान दिन्छन् । यी सबै कारणले किशानले मेहेनत गरेर उत्पादन गरेको स्वदेशी स्याउले बजार र आमदानी पाउन मुस्किल पर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी