भारतद्वारा अत्याधुनिक मिसाइल हाइपरसोनिकको परीक्षण , उक्त मिसाइलको तिव्रता आवाजको गति भन्दा ६ गुणा बढी

भारतद्वारा अत्याधुनिक मिसाइल हाइपरसोनिकको परीक्षण , उक्त मिसाइलको तिव्रता आवाजको गति भन्दा ६ गुणा बढी

  • मङ्लबार, भदौ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

नयाँ दिल्ली , २३ भदौ ।
भारतले अत्याधुनिक मिसाइल हाइपरसोनिकको सफल परिक्षण गरेको छ । अत्याधुनिक मिसाइल हाइपरसोनिक आवाजको तिव्रता भन्दा पनि ६ गुणा चाडो ट्राभल गर्छ ।
यस्तो मिसाइल अमेरिका, रुस र चीनपछि भारतले निर्मान गरेको हो ।

भारतको रक्षा मन्त्रालयले सोमबार ओडिशा नजिकैको टापूमा यस्तो मिसाइल परीक्षण गरिएको जानकारी दिएको हो । रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार स्क्रामजेट जेट इन्जिनसहितको हाइपरसोनिक क्रुज ९८ हजार ४ सय २५ फिट उचाईसम्म पुुगेको थियो र यसको तिव्रता आवाजको दाँजोमा ६ गुणा बढी छ ।
यस बारे रक्षामन्त्रालयले आफ्नो वेवसाइटमार्फत २४ सेकेन्ड लामो भिडियो पनि रिलिज गरेको छ ।

विद्यमान आणविक शक्ति रुस र अमेरिकाबीचको हाइपरसोनिक हतियार दौडबारे चिन्ता बढिरहेका बेला भारत पनि यो एलिट समुहमा मिसिएको हो । यसअघि चीनले गत वर्षको अक्टुुबर तथा रुसले डिसेम्बरमा यो हतियार परीक्षण गरेका थिए ।
त्यस्तै, गत मार्चमा अमेरिकाले यस्तो मिसाइल प्रोटोटाइप सफलतापूर्वक परीक्षण भएको जानकारी दिएको थियो ।

चीन र भारतबीच सीमा समस्याका कारण सैन्य विवाद बढिरहेका बेला यो मिसाइलको परीक्षणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । धेरैपटकको छलफल र वार्ताका बाबजुद दुुई एशियाली देशबीच पटक–पटक सीमामा विवाद देखिने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी