भदौ २१ काठमाण्डौं । समयमै मल आपुर्ति नगरेर विवादमा तानिएका नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र होमनाथ कोईरालाको होबिको मल्टिपलमाथि सरकारले कार्बाही गरेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याएको आरोपमा शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले राखेको पाँच प्रतिशत बैंक धरौटी जफत गर्ने निर्णय गरेको हो ।
कम्पनीको आज बसेको बैठकले दुवै कम्पनीले ठेक्का सम्झौता गर्दा राखेको धरौटी शैलुङले चार करोड ८८ लाख ४९ हजार ४४ र होनिकोको चार कोरड ५६ लाख ६२ हजार ३७५ नेपाली रुपैयाँ जफत भएको कम्पनीले जनाएको छ। दुवैको जोडेर ९ करोड ४५ लाख ११ हजार ४१९ रुपैयाँ सरकारी कोषमा रहने छ ।
ठेक्का सम्झौता भएको चार महिना बित्दा पनि दुवै कम्पनीले मल ल्याउने मनसाय नदेखाएपछि कार्बाही भएको कम्पनीले जनाएको छ ।
‘‘भदौ २० सम्म दुबै कम्पनीले गरेर ५० मेट्रिकटन मल ल्याईसक्नु पर्ने मल मध्य एकै बोरा समेत उनीहरुले मल ल्याएका थिएनन् । बरु उल्टै ठेक्काको समयावधि थप गर्न भन्दै अनुरोध गर्न पुगेको बुझिएको छ ।