मल आर्पुतिको ठेक्का पाएका दुइ कम्पनिको धरौटी जफत गरेर कालो सुचिमा राखिने

मल आर्पुतिको ठेक्का पाएका दुइ कम्पनिको धरौटी जफत गरेर कालो सुचिमा राखिने

सहकारीको सिन्डिकेट तोडिने र पालिकाद्वारा मल वितरण हुने:कृषि मन्त्रालय

  • आइतवार, भदौ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

काठमाडौँ , २१ भदौ ।
अहिले किसानलाइ आवश्यक रसायनिक मल सरकारले उपलब्ध गराउन नसक्दा किसानहरु चिन्तित र आन्दोलित भएका छन् ।
रसायनिक मल किन्नका लागी सरकारले गत पुसमै ठेक्का दिएको थियो । तर, भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्याका दुईवटा ठेकदार कम्पनीको ५र५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ ।

आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागेको स्रोतले जनाएको छ ।

संस्थानले गत पुसमा वर्षायामको मल आपूर्तिका लागि होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनी र शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनीलाइ मल आपूर्तिको ठेक्का दिने निर्णय गरेको थियो ।
उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम मिती सकिइसकेको तर अहिलेसम्म आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बताएको छ।

मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी हुन् । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ । त्यसैगरी अर्को होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन् ।

मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुवै ठेकदारलाई कारबाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले जनाएको छ ।

विदेशबाट भित्रिने मलको वितरणमा पनि ७ हजार ७ सय सहकारीले सिन्डिकेट चलाइरहेको कृषि मन्त्रालयको निष्कर्ष छ। अब सहकारीमार्फत किसानलाई वितरण गरिँदै आएको मल सिधै स्थानीय तह ९नगरपालिकारगाउँपालिका० मार्फत किसानसमक्ष पुर्‍याउने गरी कृषि मन्त्रालयले नयाँ निर्देशिका तयार पारेको कृषि मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

ठेकदारलाई कारबाही गर्ने र सहकारीको सिन्डिकेट तोड्ने निर्णयसँगै मल माफियाहरूको चलखेल समाप्त हुने मन्त्रालयको दाबी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी