चुनावमा मुखमा डोनाल्ड ट्रम्पले तिर्नु पर्ने भयो पोर्न स्टारलाई ४४ हजार डलर

चुनावमा मुखमा डोनाल्ड ट्रम्पले तिर्नु पर्ने भयो पोर्न स्टारलाई ४४ हजार डलर

  • आइतवार, भदौ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

एजेन्सी भदौ ७ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई ४४ हजार डलर तिर्न एक अदालतले फैसला गरेको छ । स्टर्मी डेनियल्स नाम गरेकी ४१ बर्षे पोर्न स्टारले आफ्नो ट्रम्पसगँ अफेयर रहेको भन्दै अदालतमा मुद्धा दायर गरेकी थिईन् ।
राष्ट्रपति ट्रम्पले उक्त कुरा अस्वीकार गर्दै आएकी थिईन् । अदालतले शुरुमा यो मुद्धा खारेज गरे पनि पछि पोर्न स्टार डानियल्सले अदालतमा मुद्धा लड्दा भएको खर्च ट्रम्पले ब्यहोर्नु पर्ने आदेश दिए पछि ट्रम्पमाथि यो दायित्व आईलागेको हो ।
क्यालिफोर्नियाको कोर्टले उक्त फैसला गरेको डेनियल्सलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ ।
डेनियल्सले यसलाई एक जीत भनेकी छन् । मुद्धा हाले पछि स्टर्मीले एक किताव लेखेकी थिईन् जसमा ट्रम्पसगँ अफेयर रहेको खुलाएकी छन् ।
डेनियलले ट्रम्पसगँ अफेयर रहे पछि उनलाई चुप लाग्नका लागि ट्रम्पले वकिल मार्फत एक लाख २९ हजार बढी डलर दिएका थिए ।
डेनियल्सका अनुसार सन् २००६ मा ट्रम्पसगँ उनको अफेयर भएको थियो । यद्यपि, ट्रम्पले उक्त कुरा अस्वीकार गर्दै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी