चीनले उत्पादन गरेको कोरोना भ्याक्सिन डिसेम्बरबाट बजारमा आउने, दुई डोज भ्याक्सिनको मुल्य १७ हजार भन्दा बढी

चीनले उत्पादन गरेको कोरोना भ्याक्सिन डिसेम्बरबाट बजारमा आउने, दुई डोज भ्याक्सिनको मुल्य १७ हजार भन्दा बढी

  • मङ्लबार, भदौ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

एजेन्सी भदौ २ । चीनले कोरोना बिरुद्ध उत्पादन गरेको भ्याक्सिन आगामी डिसेम्बरबाट बजारमा आउने भएको छ ।
ग्लोबल टाईम्सका अनुसार डिसेम्बर अन्त्य सम्ममा बजारमा आम मानिसका लागि आउने यो भ्याक्सिनको बजार मुल्य समेत तय भएको छ ।
जस अनुसार करीब एक हजार चीनीया युआन तय भएको छ । जस अनुसार दुई डोज भ्याक्सिन नेपालीले खरीद गर्दा १७ हजार भन्दा बढी पर्ने देखिएको छ ।
बजारमा आईसके पछि यसको मुल्य अझ कम हुने अनुमान गरिएको छ ।
चीनको राष्ट्रिय फर्माक्युलिष्ट ग्रुप ( सिनोफार्म) का अध्यक्ष लियु जिंग जेनले तेस्रो चरणको ट्रायल चलिरहेको र त्यस पछि भ्याक्सिनको बजारको समिक्षा हुने बताए ।
उनले शहरमा बस्ने युवा र विद्यार्थीहरुका लागि भ्याक्सिन जरुरी रहेको तर ग्रामिण क्षेत्रमा कम आवादी रहेको क्षेत्रमा भ्याक्सिन आवस्यक नरहेको बताए । लियु स्वयंले यो भ्याक्सिनको एक डोज लिएका छन् ।
चीनीया भ्याक्सिनले पेटेन्ट अधिकार प्राप्त गरीसकेको छ । यस अघि नै रुसले उत्पादन गरेको भ्याक्सिन बजारमा उपलव्ध भईसक्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी