हाम्रो अर्थमन्त्री कस्तो विद्धान हो थाहा पाउन सकिदैनः रामबाबु कुमार यादव ,सांसद तथा जसपा नेता

हाम्रो अर्थमन्त्री कस्तो विद्धान हो थाहा पाउन सकिदैनः रामबाबु कुमार यादव ,सांसद तथा जसपा नेता

  • बुधबार, साउन २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 32.3K
    SHARES

अहिले नेपालमा निरन्तर कोरोना संक्रमित बढीरहेको छ । त्यसमापनि प्रदेश दुईमा बढी संक्रमण देखा परेको स्थिति छ । सरकारले कोरोना नियन्त्रणमा विभिन्न नियम र व्यवस्थापन गरे पनि सरकार सफल हुन सकेन कि भन्ने सन्दर्भ पनि उठ्न थालेको छ । साथै नेपाल भारत सीमा क्षेत्रमा विभिन्न समस्या छ । यस बिषयमा मिर्मिरेका लागि सिर्जना तिम्सिनाले बारा क्षेत्र नं ३ का सांसद रामबाबु कुमार यादवसगँ कुराकानी गरेकी छन् । उनी जसपाका नेता र संसदको अर्थ समितिका सदस्य पनि छन् । सांसद यादवसंगको कुराकानीको सम्पादित अंश :
के मा व्यस्त हुनुहुन्छ ?
म अहिले कोरोना प्रतिकार्यकै काममा व्यस्त छौँ । लकडाउनका कारण यातायात जस्ता समस्या रहेका बीच पनि जनता त्रसित बनेको अवस्थामा जनताको फोनको रिसिभ गर्दै , संसदीय समितिहरुका काममा जुट्दा जुट्दै दिन वितिरहेको छ । बाराका जनप्रतिनिधि, स्वास्थ्य, गृह मन्त्रालय आदिमा सम्पर्क गर्ने पिसिआर प्रत्यक घरमा परीक्षण गर्नु पर्छ । बिरामीलाई अस्पताल हाल्नु पर्छ बाँकीलाई काम गर्न दिनु पर्छ भनेर लागिरहेको छु र राम्रो प्रतिकृया आईरहेको छ ।
अहिले कोरोना नियन्त्रण किन हुन सकेन के लाग्छ तपाईलाई ?
प्रदेश दुई सहित अहिले काठमाण्डौमा पनि कोरोना बढीरहेको छ । प्रदेश दुईका प्राय सबै जिल्लाको सिमाना भारतसगँ जोडिएको छ । दिनचर्याको व्यवहार, खाद्यन्न आपुर्ति जस्ता सबै काम सीमाबाट हुन्छ । राज्यले जनताको यो समस्यामा ध्यान दिएको छैन । सहज तरिकाले ओहोर दोहोर हुने आदि कारणले कोरोना नेपालमा भारतबाटनै आयो । हाम्रो मान्छे भारतमा काम गर्न गयो अनि फर्कदा कोरोना लिएर आयो । दोस्रो भारतबाट सबै सामान आईराख्या छ त्यो आउदा सामान मात्रै आयो कि कोरोना पनि आयो ।
बीरगञ्जमा सबै भन्दा बढी मानिस प्रवेश हुने बीरगञ्ज हो । भारतबाट सबै भन्दा बढी प्रवेश त्याहाँ हुन्छ । भारत विश्वकै तेस्रो स्थिति रहेको हुनाले त्यसको प्रभाव नेपालमा पनि पर्यो । सीमा बन्द नाम मात्रैको भयो ।
नेपालले अर्काको सिकोमा लकडाउन गरेर लकडाउन हचुवाका भरमा खाद्यन्न जस्ता अत्यावस्यक सेवाको व्यवस्था नगरी लकडाउन मात्रै भनिदिदा मान्छे ओहोर दोहोर गर्न बाध्य भए । त्यसले संक्रमण बढ्यो । सरकारले जुन बेला लकडाउन गर्नु पर्ने थियो त्यो बेला खोल्यो जुन बेला गर्नु पर्ने थिएन त्यो बेलामा गर्यो । सरकारले हावादारी रुपमा लकडाउन गर्यो । नाका बन्द हावादारी थियो । मिलाएर मान्छे अनेक तरीकाले आएका थिए ।
स्थानीय तहले पहल गरेर प्रहरीको सहयोगमा त्यसरी आएका मानिसलाई क्वारेन्टाईन सम्म लगियो । तिनीहरुलाई शुरुमै फुलमाला लगाएर क्वारेन्टाईनमा राखेको भए कोरोना यसरी फैलने थिएन । बोर्डर बन्द छ भनियो तर दिन दिनै हजारौ मान्छे भित्र आए ।

महामारी त अझै बढीरहेको छ अब नियन्त्रणको उपाय के हो त ?

म भन्छु शुरुमा लकडाउन गर्नु गलत थियो । अर्को जुन दिन भारतमा गएका सबै नेपाली जनता उतै बसोस् खाओस् भनेर जो निर्णय गरियो त्यो पनि गल्ती थियो । शुरुमै भारतमा रहेका नेपालीलाई बोलाएर चेक अप गरेर घर फर्काउनु पर्ने थियो ।
अर्को सरकारले कम्तीमा १५ दिनको खाद्यन्न लगायतका अत्यावस्यक सामानको व्यवस्था गरेर जनतालाई घरमै बसाएर शंका लागेको व्यक्तिलाई पिसिआर चेकअप गर्दै बोर्डर पूर्ण रुपमा बन्द गर्नु पर्ने थियो । जनतालाई थुनेर, राहतका नाममा हल्ला गरेर कोरोना नियन्त्रण हुदैन । यो बाहेक अर्काको देखा सिखीको भरमा लकडाउन र नाका बन्द भनेर कोरोना नियन्त्रण हुदैन ।
कोरोना नियन्त्रणमा सरकार असफल भएको हो ?
दिन दिनै संक्रमण बढीरहेको छ । मान्छे मरीरहेका छन् । अनि कसरी सरकार सफल हुन्छ ? सरकारले हात उठाईसकेको छ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सक्दिन भनेर । सरकार सफल भनेको सरकार टिकाउन मात्रै सफल हो । राष्ट्रवादको नाममा , पार्टी भित्रको हल्ला उठाएर सरकार टिकेको छ । सरकार कोरोना संक्रमण र जनताको जिम्मेवारी प्रति हात उठाईसकेको छ । असफल भईसकेको छ ।
शुरुमा हौवा पिटायो कोरोनाको ट्रेसिगं गर्ने जस्ता कुरा गरेर तर अहिले नि ? अहिले संक्रमित बढे पछि भनिरहेको छ तिमी घरमै बस । सरकार रेलको सपना लिईरहेको छ , चाईनिज भाषा सिकाउने के के भनेर लागिरहेको छ । तर यो सबै छाडेर अहिले जनता बचाउन लाग्नु पर्छ । अरु पछि के के गर्ने गर्नु पर्छ ।

भेन्टिलेटर, आईसियुकै अभाव हुदैछ, मान्छेलाई आईसोलेसनमा लान कठिन परीरहेको भन्ने आईराखेको छ यो अवस्थालाई कसरी हेर्नु हुन्छ ?
सरकारले अहिले सम्म तपाईलाई कोरोना भएको छ भनेर सूचना दिने दायित्व पूरा गरेको छ । आईसियु, भेन्टिलेटर नहुनु, अनि संक्रमितलाई घरैमा बस्नु भनेर जुन भनिराखिएको छ यो अझ बढी खतरनाक छ ।
डब्लुएचओले भनीसकेको छ यो महामारी तत्कालै जादैन । सात महिना हुन लाग्यो कोरोना आएको । यो अवस्थामा पनि देशभरीमा स्वास्थ्य संस्थाहरुमा दरबन्दीहरु रिक्त छन् । कोरोनाको लागि विशेष अस्पताल बनाउन सकिन्थ्यो प्रत्यक जिल्लामा । सरकारी भवन छ, जनताको भवन भाडामा लिएर पनि तदारुकताका साथ स्वास्थ्य संस्था सञ्चालन गर्नु पथ्र्यो तर खै ? बरु जुन अस्पतालमा जनताको सेवा भईरहेको थियो त्यसैलाई कोरोनाको नाममा सेवा बन्द गरिदिदा कोरोनाले भन्दा बढी मानिस उपचार नपाएर मर्ने स्थिति आयो ।
देशले रिण थपेर अनेक गरेर प्रत्यक जिल्लामा भेन्टिलेटर, आईसियु सहितको बिशेष कोरोना अस्पताल बनाउनु पर्ने थियो कम्तीमा ५० बेडका दरले । यसमा ध्यान पुग्नै सकेको छैन । जिल्लाको जनसंख्याका आधारमा पनि यसलाई तलमाथि गर्न सकिन्छ । अहिले सबै छाडेर यसमा लाग्नु पर्दछ ।
अर्को सुचना गलत दिने काम बन्द गरी सरकारले प्रदेश सरकारलाई अधिकार दिएर होस् कि जिटुजी गरेर होस् कि के गरेर हुन्छ । लोभ र लाभका बन्द गरी सरकार जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न लाग्नु पर्दछ ।

तपाई जनप्रतिनिधि जनताले पनि स्वास्थ्य प्रोटोकल पालना नगेको भन्ने खालको अर्थात मास्कको प्रयोग कम गर्ने, सामाजिक दुरीको पालना नगर्ने जस्ता कुरा पनि सुनिन्छ नि, सरकारले पनि भन्यो नि हैन ?
हेर्नुस् पहिलो पटक लकडाउन हुँदा जनता घरमा बसेकै थिए । तर जनताको जुन पेटको समस्या छ त्यसमा सरकारले संवोधन गर्न सकेन । भोकले मर्नु कि रोगले मर्नु जनतालाई समस्या भयो । गरीबको घरमा कति बिजोग भएको छ । बाल बच्चाको समस्या भएको छ । बच्चालाई आमा बुवाले खान दिएन भने के हुन्छ ? त्यही भएर जनताले रोगले भए के होला तर अहिले भोकले नमरौ भनेर जनता काममा गएका हुन् ।
मास्कको कुरा सरदरमा २० रुपैया पैसा पर्छ कम्तीमा । दिनका दिन गरीब जनताले यो मास्क पनि फेर्न सक्दैन । जनताको आर्थिक स्थिति त्यो छैन पनि । त्यस कारण बाध्यताले जनता काममा आएका हुन्, सडकमा आएका हुन् । मास्क पनि किन्न नसक्ने छन् । सरकार रिण लिएर मंहगो गाडी किन्न तयार छ तर जनताका लागि अस्पताल बनाउन तयार छैन । यो राज्यले लुटिरहेको छ । जनतामाथि अन्याय गरेको छ । करमाथि कर थोपरेको थोपरेकै छ ।

सरकारले आर्थिक संकटबाट मुक्त हुन लिएको नीतिलाई कसरी लिनु हुन्छ ?

सरकारलाई पैसाको समस्या मोजमस्तीका कारण परेको हो । लकडाउनको बीचमा कति वटा गाडी किनियो ? मोज मस्ती पहिला भन्दा कम हुदैन भने पैसाको अपुग त भईहाल्छ । सरकार आफैले दश गुणा सम्म बढी महंगो मुल्यमा सामान किनिएको छ ।
संसदको अर्थसमितिमा यो विषयमा छलफल पनि भएको हो । सस्तोमा सामान खरीद गरौँ । जनतालाई सहज पारौँ भनेर हामीले भनेका हौँ । रिक्त पदहरु पुर्ति गर्न लागिएको छ त्यसमा पनि खर्च हुन्छ । विभिन्न कार्यक्रमका नाममा आफ्ना आसेपासेलाई पाल्न सरकार लागिरहेको छ । त्यस कारण देशसगँ पैसा अभाव भईरहेको छ । रेलवे, नयाँ शहर हो कि अहिलेको प्राथमिकता अस्पताल हो ?
हाम्रो अर्थमन्त्री कस्तो विद्धान हो ? थाहै पाउन सकिदैन । अर्थमन्त्री यस्तो विद्धान हुनुहुन्छ कि उहाँले तीन वर्षदेखि ल्याएको बजेट सफलतापुर्वक खर्च हुन सकेको छैन । यस्तो विद्धान कि उहाँले ल्याएको बजेटमा अस्पताल भन्दा नयाँ शहरमा खर्च गर्दै हुनुहुन्छ । नयाँ शहरमा बस्न को जान्छ जनता बाँचेन भने ? त्याहाँ जाने भनेको घरमा अहिले मजाले बसेर खाईरहेकाहरु जाने हो । यस्तो मन्त्री समाजवादी सरकारको प्रतिनिधि हुँ भनिरहेका छन् ।

विदेशबाट रेमट्यान्स भित्र्याएर देश चलाउन योगदान गरेका युवाहरुलाई समस्या पर्दा देशले घर ल्याउन सकेन र पीडित छन् किन यस्तो ?
फेसबुक, युट्युबमा विदेशमा रहेका युवाको पीडा हेर्दा रुन मन लाग्छ । यो देश हो कि हैन ? हामी जनप्रतिनिधि के को हो ? भनेर पीडा हुन्छ । त्यही जनताले पठाएको पैसाबाट यहाँ सरकारले बडा गर्वका साथ खर्च गरीरहेको छ तर तीनै जनता पीडामा पर्दा , घर फर्कन चाहन्छु भन्दा , खोला तरेर आउदा पनि थुन्ने, आफ्नै पैसामा आउछु भन्दा पनि नदिने गंभीर गल्ती गर्यो । सरकारले पुरै पैसा खर्च गरेर बिदेशमा रहेका अभावमा रहेकाहरुलाई ल्याउनु पर्छ ।
मन्त्रीका भोटर हुदाँ बस रिजर्भ गरेर ब्यानरै लगाएर घर पठाउने तर अरु जनतालाई जनता नै नमान्ने ? मन्त्रीले यस्तो व्यवहार गर्छ भने के हुन्छ ? राहत बाँड्दा पनि आफ्नो भोटरहरु हेरेर वितरण गरिएको छ । आखिर पक्षमा वा विपक्षमा भोट दिने पनि जनता त हो नि । त्यस कारण सरकारको निर्लज्जताले पराकाष्टा नाघेको छ ।

तपाईहरुको भूमिका चाँही के हो त ?

हामीलाई त भूमिका बिहीन बनाईयो । संसदमै पनि शुन्य समय समेत कटाईयो । संसद नै अन्त्य गरियो । सांसदहरुले सरकारको नालीबेली खोतल्छ भनेर संसद अधिवेशन अन्त्य गरेर सरकारले गैर जिम्मेवारी देखाएको छ । जनताको आवाज बोल्ने ठाँउ संसद अन्त्य गरेर बन्द गरिएको छ । संसद तुरुन्त चल्नु पर्दछ ।

अहिले किशानले धान रोप्ने बेलामा समयमै मल पाएका छैनन्, किन यो जनताको माग पूरा हुदैन ? अनि भारतबाट किशानले किनेर ल्याएको मल नाकामा रोकिने गरेको भन्ने छ के हो ?

अस्पताल चलाएको छु, विद्यालय चलाएको छु, किशानलाई मल दिएको छु भनेर सरकारले नौटंकी गर्छ । तर जनताको स्वास्थ्यको आवस्यकता अनुसारको अस्पताल छैन, जनताको आवस्यकता अनुसार विद्यालय चलाएको छैन । मलि दिएको छु भनेर कागजी पुर्ति गरिदिन्छ ।
अहिले सम्म खुल्ला बोर्डरबाट सहज रुपमा जनताले आफ्नै बलबुतामा मल ल्याएर प्रयोग गर्थे तर अहिले बोर्डर बन्द छ ।
जनताले यसरी मल ल्याएर आपुर्ति गर्दा सरकारले मलको अभाव छैन भनेर हल्ला गर्ने गथ्र्यो तर यस पटक सरकारको चरित्र उदागिंयो । जनता मलको लागि हाहाकार छ तर सरकार मुल्य तोकेर हिँड्छ । सरकारले धानको मुल्य तोकेर उत्पादन बढ्ने होर ? सरकारले तोकेको भन्दा बढी मुल्यमा त व्यापारीहरुले नै किनिदिन्छ नि । त्यस कारण धानको मुल्य अघि बिउ र मल चाहिन्छ । समाजवादी कहलाउने मन्त्रीहरुले अहिले यो गरे त्यो गरे किशानका लागि भनेर हल्ला गरीरहेका छन् । अहिले सरकारी मन्त्रीहरु जनताको समस्या छाडेर पार्टीको गुटगत काममा लागिरहेका छन् ।
सीमामा आवस्यकताका आधारमा सरकारले उपलव्ध गराउन नसके पछि ल्याएको मललाई तस्करी भनेर रोकिराखेको छ । प्रहरी र जनताको टकराब भईरहेको छ । प्रहरीले उठाएको मल पनि जनताले खोसेर खेतमा हालेका छन् ।
सरकारले भारतबाट कोरोना आईरहेको छ सामान नल्याउ भन्छ । त्यसो भए काठमाण्डौंका लागि किन सबै सामान ट्रकमा ल्याउने ? सबै बन्द गर्नु पर्यो कि चाँही जनतालाई मल पनि दिनु पर्यो । मल तस्करी हैन आवस्यकताको बिषय हो । कोरोनाको नाममा जनतालाई किशानलाई मार्ने सरकारले दमन तुरुन्त बन्द गर्नु पर्छ । राति राति तस्करी गराउने काम बरु बन्द गर्नुस् ।
सुपारी, दाल मटर, छोकडा देशको खपत आवस्यकता भन्दा बढी नेपालमा आईरहेको छ ? खपत हुने भन्दा बढी सामान कसरी आईरहेको छ । त्यो खुलेआम भारतमा ती सामानहरु तस्करी भईरहेको छ खै सरकारको ध्यान ? यस्ता सामान तस्करी हुदाँ कोरोना लाग्दैन ? अनि किशानले एक बोर मल ल्याउदा कोरोना लाग्छ भनेर टार्ने ? आयातमा कमिसन खाने, किशानलाई मार्ने कमिसनखोरहरुको खेल हो । यो रोक्नु पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी