कीर्तिपुर नगरपालिकाबाट भू-सेवा केन्द्र सञ्चालन हुने

कीर्तिपुर नगरपालिकाबाट भू-सेवा केन्द्र सञ्चालन हुने

  • बिहिबार, साउन २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

कीर्तिपुर नगरपालिकामा अब भू-सेवा केन्द्र स्थापना भई सञ्चालन हुने भएको छ ।

यस सम्बन्धी अनुमति पत्र हिजो साउन २१ गते बुधाबारका दिन मालपोत अधिकृत कलंकीका प्रमुख श्री टेकराज अर्यालले कीर्तिपुर नगरपालिकाका प्रमुख श्री रमेश महर्जनलाई हस्तान्तरण गर्नुभयो । मालपोत नियमावली, २०३६ नियम २३ क बमोजिम भू–सेवा केन्द्र सञ्चालन गर्न कीर्तिपुर नगरपालिकालाई यो अनुमति पत्र दिइएको हो ।

मालपोल कार्यालय कलंकीमा भू-सम्बन्धी घर/जग्गा पास, नामसारी, फुकुवा आदि कामहरू गर्न हाल सबै ईन्टरनेटबाट हुने भएकोले त्यस्ता कामहरू सजिलो गर्नका लागि स्थानीय सरकार (नगरपालिका)मा यस सेवा सञ्चालन गर्न लागेको हो । यसका लागि सेवाग्राहीले आफूलाई चाहिने सेवाको लागि नगरपालिकामा निवेदन दिनु पर्नेछ र सोको आधारमा निश्चित शुल्क लिई नगरपालिकाले सबै विवरण भरेर त्यसको प्रिन्ट (टाेकन) उपलब्ध गराइनेछ । सोही प्रिन्ट (टाेकन) लिएर सोझै मालपोत कार्यालय कलंकीमा गइ आफ्नो काम सम्पन्न गर्न सकिनेछ ।

यस भन्दा पहिले यस्ता कामहरू गर्न विभिन्न लेखापढी वा लेखन्दासहरूकहाँ सेवाग्राहीहरू पुग्ने गर्दथ्यो भने अबदेखि लेखापढीकहाँ जान नपर्ने भएकोले सेवाग्राहीहरूको समय र पैसा समेत बचत हुने कुरा बताइएको छ ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्का, नि.प्र.प्र.अ. टंकलाल गैरे, ले.अ.(कलंकी मालपोत) तारा प्र. पोखरेल, क.अ. (कलंकी मालपोत) केशव खतिवडा, ले.अ.(की.न.पा.) मित्र प्रसाद घिमिरे, शा.अ. (की.न.पा.) जनक थापा, ई. (नक्सा शाखा, की.न.पा.) सुरज ओझा, सु.प्र.अ.(की.न.पा.) परशुराम चौलागाई तथा ना.सु.(की.न.पा.) दिलमाया कुँवर आदिको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी