एजेन्सी साउन २२ । मानिसहरु प्रेम भने पछि धेरै कल्पना गर्ने र अर्कालाई प्रभाव पार्न खोज्ने हुन्छन् । प्रेमीकाका लागि आकाशकै तारा झारौला भन्नेहरु पनि हुन्छन् जुन कुरा संभव हुदैन त्यो पनि प्रेममा बाचा गर्छन् मानिसहरु । तर यस्ता कल्पना र अनौठा घटनाले कहिले काँही दुखः निम्त्याउछ ।
बेलायतमा हालै यस्तै घटना भएको छ । शेफिल्ड शहरमा हालै एक युवाले प्रेमीकालाई बिबाहको प्रस्ताव गर्न रोमान्चक माहौल बनाए । यसका लागि उनले आफू बस्ने फ्लाटमा एक सय साना मैन वत्ती बालेर झिलिमिलि बनाए ।
तर त्यही मैन बत्तीले आगो सल्किएर अनततः घर खरानी भयो । बेलायतको साउथ यार्कसर फायर एण्ड रेस्क्यु टिमले यो घटना ट्वीटर मार्फत सार्वजनिक गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline