जुन देशका नेता मन्त्री मोटा घाटा छन् त्यही बढी भ्रष्टाचार ?

जुन देशका नेता मन्त्री मोटा घाटा छन् त्यही बढी भ्रष्टाचार ?

  • सोमवार, साउन १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

एजेन्सी साउन १९ । पहिला पहिला दक्षिणी बेलायतको बर्किघम शायरको हाई बायकोम्बे नगरका सांसद, मेयर र केन्द्रीय प्रतिनिधिहरुले हरेक बर्ष सार्वजनिक रुपले आफ्नो वजन मापन गराउथे । जनतालाई ट्याक्सको पैसा उपयोग गरेर वजन बढेको हैन भन्ने देखाउन उनीहरुले यसो गर्दथे । यदी कुनै नेताको तौल पदमा बसेका बेला बढेको देखियो भने भीडले आलोचना गर्दथ्यो ।
यही तरीका उपयोग गर्दै हालै फ्रान्सको मोन्टपेलियर बिजनेस स्कुलका शोधकर्ता पाव्लो ब्लावस्कीले रोमान्चक अध्ययन गरेका छन् ।
उनले हालै विभिन्न देशका क्याबिनेट मन्त्री र नेताहरुको ३ सय वटा सन् २०१५ देखि २०१७ का बीच खिचिएको तस्वीरका आधारमा वजनको अध्ययन गरे । उनको प्रतिवेदनको निष्कर्ष अनुसार ठूलो मन्त्री मण्डल हुने प्राय देशहरु भ्रष्ट रहेको छ ।

उनले ती मन्त्रीहरुको तस्वीरहरुलाई बडि मास ईन्डेक्सका आधारमा अध्ययन गरे ।
त्यस पछि त्यसलाई विश्व बैंक र ट्रान्सप्यारेन्सी ईन्टरनेसनलको आकंडासगँ तुलना गरे ।
त्यसरी उनले तुलना गरेर अध्ययन गरेर निकालेको निष्कर्ष अनुसार जुन देशका मन्त्रीहरुको बजन बढी बढी थियो, ती देशहरु भ्रष्ट देशमा सामेल थियो ।
उनले मन्त्रीको मोटोपनका आधारमा र विश्व बैंक र ट्रान्सप्यारेन्सी ईन्टरनेसनलको सूचीका आधारमा गरेको अध्ययन अनुसार ताजिकिस्तान, तुर्कमेनिस्तान और उज्बेकिस्तानमा अधिक भ्रष्टाचार भएको देखियो ।
एस्टोनिया, लिथुआना, लाटभिया र जर्जियामा कम भ्रष्टाचार भएको देखियो । कम भ्रष्ट देश थे। यी देशका मन्त्री पनि केही पातला थिए । ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानमा भ्रष्टाचार पनि धेरै देखियो र त्याहाँका मन्त्री पनि अधिक मोटाघाटा ।
अध्ययनमा १५ देशका एक तिहाई मन्त्री अधिक मोटा थिए । रुसका राष्ट्रपति भ्लादीमीर पुटिन छरितो भए पनि उनको सरकारको मन्त्रीमण्डलका मन्त्रीहरु मोटाघाटा रहेका छन् ।

आर्मेनिया, अजरबेजान, बेलारूस, एस्टोनिया, जर्जिया, कजाकिस्तान, रूस, किर्गिस्तान, लाटभिया, लिथुआनिया, यूक्रेन, माल्डोवा, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका मन्त्रीहरुको अध्ययन व्लाबस्कीले गरेका थिए ।
यद्यपि, सबै मोटा मानिस बेईमान र पातला मान्छे भ्रष्ट हुन्छ भन्ने निष्कर्ष भने अध्ययनको होईन । द ईकोनोमिष्टमा प्रकाशित गरिएको रिपोर्टमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी