एजेन्सी साउन १६ । पाकिस्तानमा एउटा अनौठो घटना देखिएको छ । सिन्ध प्रान्तमा स्क स्थानीय अदालतले प्रहरी हिरासतमा रहेको कुखुराको भालेलाई रिहा गरेर उसको मालिकलाई बुझाउन आदेश दिएको छ ।
८ महिना देखि सिन्ध प्रान्तको दुई वटा थानामा नियन्त्रणमा राखिएका ५ वटा भाले मध्य एउटालाई रिहाई गरिएको हो ।
स्थानीय मानिसहरुले भाले जुधाई खेलका क्रममा छापा मारेर मानिस सगैँ कुखुरा पनि नियन्त्रणमा लिएको थियो । तर ती भालेहरुलाई कसैले पनि मेरो हो भनेर जिम्मा नलिए पछि तीनीहरुलाई हिरासतमै राखिएको छ ।
पछिल्लो समय जफर मीरानीले अदालतमा हिरासतमा रहेको भाले आफ्नो भएको दाबी गरेर मुद्धा हाले पछि आदेश जारी भएको हो ।
थाना प्रमुख मुमताज़ सिरकीले मानिसहरु धरौटीमा रिहा भएको तर यो कुखुराहरुलाई कसैले दाबी नगरे पछि प्रोपर्टी कानुन अन्तर्गत नै यी भालेहरु हिरासतमा राखिएको बताए ।
डोरीले बाँधेर ती कुखुराहरुलाई खुल्ला स्थानमा राखिएको थियो । यी भालेहरुले दैनिक संयौ रुपैयाको चारो खाने गरेका छन् , जो प्रहरीको पकेटबाट खर्च हुने गरे पछि उनीहरु पनि हैरान भएका छन् । प्रहरीले एक प्रहरी अफिसरलाई यो कुखुराको हेरचाह गर्ने जिम्मेवारी दिएको छ । ती कुखुरालाई बिरालो र कुकुरबाट जोगाउने जिम्मा प्रहरीलाई छ ।
ती कुखुराहरु दुई दर्जन मानिसलाई नियन्त्रणमा लिने क्रममा सगैँ लगिएको थियो ।
पाकिस्तानमा भाले जुधाई खेल स्थानीयहरुको मनोरञ्जनपूर्ण प्रतियोगीताका रुपमा हुने गरेको छ । तर यसलाई कानुनी रुपमा अपराध मानिएको छ । भाले जुधाईमा बेला बेला कुखुराहरु जुधेर मर्ने गर्दछन् ।
