कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै

कीर्तिपुर नगरपालिकामा खाद्य सडक बन्दै

  • बिहिबार, साउन १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

कीर्तिपुर नगरपालिकाले आ.व.२०७७-७८ मा पारित नीति तथा कार्यक्रमहरूलाई कार्यान्वयन शुरु गरेको छ ।
यस आ.व.मा नगरलाई हरित सडक र खाद्य सडकको अवधारणा ल्याई सोही अनुसार आज खाद्य सडक बनाउने कार्यान्वयनको शुभारम्भ गरेको छ ।

नगरलाई यस प्रकारको अवधारणा ल्याउने नेपालमै पहिलो गरपालिकाको रुपमा प्रस्तुत कीर्तिपुर नगरपालिकाले आज साउन १५ गते कीर्तिपुर नगरपालिका वडा नं. ४ र ९ मा पर्ने फय्खा नगरको बाटोको दायाँबायाँ वृक्षारोपण गरी नगरलाई खाद्य सडक बनाउन लागेको हो ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टिमुरको बोट रोपी यसको शुभारम्भ गर्नुभएको थियो । साथै नगर उप–प्रमुख सरस्वती खड्का, वडा नं. ४ का अध्यक्ष राजेन्द्र बानियाँ, ९ का अध्यक्ष गंगाराम महर्जन, १० का अध्यक्ष अमन महर्जन लगायत वडा सदस्यहरू र स्थानीयबासीहरूले वृक्षारोपण गरेका थिए ।

तेजपात र टिमुरका करीव १५० वटा विरुवा सो स्थानमा रोपेको थियो । ती विरुवाहरू राष्ट्रिय वनस्पति उद्यान गोदावरीले उपलब्ध गराएको हो ।
वृक्षारोपण कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै राष्ट्रिय वनस्पति उद्यान, गोदावरीका कार्यालय प्रमुख दिपक लामिछानेले नगरलाई खाद्य सडक बनाउने नयाँ सोच ल्याएकोमा कीर्तिपुर नगरपालिकालाई हार्दिक धन्यवाद् दिनुभयो ।

वहाँले टिमुर र तेजपात जस्ता विरुवाहरू रोपेकोमा यसलाई आवश्यक स्याहार गर्न अनुरोध गर्नुहुँदै यी विरुवाहरू अत्यन्त महत्वपूर्ण रहेको र विदेश निर्यात गर्ने मध्ये उत्कृष्ट ५ स्थानका विरुवाहरू भएको बताउनु भयो ।

ज्ञानबज्र महर्जनले सञ्चालन गरेको कार्यक्रममा उप–प्रमुख खड्काले नगरपालिकाले नयाँ सोचका साथ कार्यान्वयन गरेको खाद्य सडकको महत्वको बारेमा प्रकाश पार्नुहुँदै उपस्थित सबैलाई धन्यवाद् दिनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी