रोकिएन अझै नाकामा कुखुरा तस्करी, शसस्त्रको कार्बाही तीव्र

रोकिएन अझै नाकामा कुखुरा तस्करी, शसस्त्रको कार्बाही तीव्र

  • मङ्लबार, साउन १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

कञ्चनपुर, १३ साउन । सशस्त्र प्रहरी बलले कञ्चनपुरमा कुखुरा तस्करहरूलाई पनि नियन्त्रणमा लिन थालेको छ । कोडिभ १९ रोकथामका लागि लगाईएको लकडाउन पछि हुने तस्करी रोक्न सशस्त्र प्रहरी सकृय भएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणले सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोष्टलाई समेत स्पष्ट निर्देशन दिएको बुझिन्छ । सीमा अपराध, तस्करी रोक्नका लागि युद्धस्तरमा खटिन निर्देशन अनुरुप सीमा क्षेत्रमा हुने तस्करी रोकथाममा खटिएको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बेलौरीबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक श्याम राना नेतृत्वको टोलीले मंगलबार बेलौरी नगरपालिका ६ भुराकोटबाट दुई साईकलमा कुखुरा तस्करी गरीरहेकालाई नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित कुखुरा, अण्डा भारतबाट तस्करी भईरहेको अवस्थामा साईकल सहित कुखुरा नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीको टोली देखेर कुखुरा तस्कर भागेका थिए ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण मार्फत कञ्चनपुरका विभिन्न स्थानमा १० बिओपी मार्फत सीमा सुरक्षा, सीमा विवाद समाधान, चोरी तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण गर्दै तस्कर नियन्त्रणमा खटेको स्थानीयको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी