एजेन्सी साउन १२ । नजर भनेको नजर नै हो । कुनै नजरले धेरै देख्छ कुनैले केही देख्दैन । यस्तै नजरको कुरा गर्दा अमेरीकाको डब्लुएफएलए नामक टिभी च्यानलमा काम गर्ने भिक्टोरीया प्रिन्सलाई एक दर्शकको नजरले बचाएको छ ।
भिक्टोरीयालाई टेलिभिजनमा बोल्दा उनको गर्दनमा एउटा गाँठो देखिए पछि ती दर्शकले मेरो पनि यस्तै गाँठो थियो डाक्टरलाई जचाउनुस् भनेर ईमले गरेका थिए ।
सोही ईमेलमा सुझाव दिईए अनुसार आफूले चिकित्सकसगँ भेटेर परीक्षण गर्दा यो गाँठो थाईराईड नजिक भएको र बढीरहेको थाहा पाए पछि भिक्टोरीयाले ती दर्शकलाई धन्यवाद दिएकी छन् । यो पनि निरन्तर बढ्दा क्यान्सरको जोखिम रहने चिकित्सकहरुले बताएका थिए ।
उनको सोमबार अप्रेसन हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline