नमोबुद्धका नगरप्रमुखको उदाहरणीय कामः युवालाई कागतिको बिरुवा, अपांगता भएकालाई ह्वील चेयर

नमोबुद्धका नगरप्रमुखको उदाहरणीय कामः युवालाई कागतिको बिरुवा, अपांगता भएकालाई ह्वील चेयर

  • बिहिबार, साउन ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

काभ्रे, ८ साउन । कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्दै आएको काभ्रेको नमोबुद्ध नगरपालिकाले युवा सञ्जालको सहकार्यमा ११ वटा वडाका २२ वटा क्लबमा आवद्ध युवाहरुलाई ९ सय वटा कागतिको बिरुवा वितरण गरेको छ ।

एक कार्यक्रमका बीच नगरप्रमुख टिमी शर्मा तिमिल्सिनाले युवा प्रतिनिधिहरुलाई कागतिको बिरुवा हस्तान्तरण गर्नु भएको हो ।

यस बर्षको कृषि नीतिमा उत्पादन र रोजगारीलाई जोड्दै एक गाँउ एक उत्पादनमा नगरले केन्द्रीत कार्यक्रम अघि सारेको छ ।

Image may contain: one or more people, people standing, tree and outdoor

यसै गरी आज साउन ८ गते नगरपालिकालाई अपाङ्गमैत्री नगर बनाउने नीति अनुसार नमोबुद्ध नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा पुर्नस्थापना कार्यक्रम (सिबिआर) अन्तर्गत सहायक सामाग्री वितरण समेत भएको छ । नगरप्रमुख टिमी शर्मा तिमिल्सिनाले ती सामाग्री एक कार्यक्रममा बीच हस्न्तरण गर्नु भएको थियो ।

Image may contain: 6 people, people standing
ह्वील चियर २० वटा, नर्मल स्टीक १३ वटा, एल्बो स्टीक ५ वटा, बैशाखी ८ वटा लगायतका सामाग्री आज वितरण गरिएको थियो ।
यस बर्ष बालमैत्री नगर घोषणा गर्ने नीति अनुरुप यसपालीबाट वडाहरुलाई बालमैत्री वडाहरु घोषणा गर्दै जाने मेयर तिमल्सिनाले बताउनु भयो ।
यस्तै वातावरण मैत्री, अपाग मैत्री र युवा मैत्री नगर बनाउने उदेश्यले नीति कार्यक्रममै समेटेर विभिन्न कार्यक्रमहरु भईरहेको उहाले बताउनु भयो ।

Image may contain: 1 person, standing
यसै क्रममा भकुण्डेबेसीबाट बालरुम मुक्त बनाउने कार्यक्रम शुरु भईसकेको छ ।
गत बर्ष साबुन बनाउने तालिम प्रदान गरिएको थियो भने जेष्ठ नागरिकको निशुल्क रुपमा मोतीविन्दुको उपचार तथा अप्रेशन गरिदै आएको छ । श्रवण क्षमता नभएकाहरुलाई मेसिन वितरण हुदै आएको छ ।

Image may contain: one or more people and people sitting

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी