ऐजेन्सी साउन ६ । बेलायतको अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्ताहरुले उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिन मानिसमा गरिएको परीक्षण सफल भएको छ । यसको विश्व स्वास्थ्य संगठनले स्वागत गरेको छ ।
जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डब्लुएचओका आपतकालिन निर्देशक डा. मायक रायनले यो सकारात्मक परिणाम भन्दै अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
विश्वभरको ट्रायल ठूलो मात्रामा जरुरी रहेको पनि उनले बताए ।
चीन, बेलायत, अमेरीका, भारत , रुस सहित विश्वका विभिन्न देशले २३ वटा भ्याक्सिन निर्माण गरेर हाल परीक्षण गरीरहेका छन् ।
मानव जीवन बचाउन कोरोना बिरुद्धको भ्याक्सिन सबैलाई आवस्यक रहेको डब्लुएचओका निर्देशक डा. टेड्रोस एदनाम गेब्रिसियसले जोड दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline