टेलिभिजनमा बोल्दा बोल्दै पत्रकारको दाँत झरेपछि….

टेलिभिजनमा बोल्दा बोल्दै पत्रकारको दाँत झरेपछि….

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सी साउन ३ । टेलिभिजनमा प्रत्यक्ष बोल्दा थुप्रै चुनौतीहरु हुन्छन् । लुकिगं, मेकअप, एक्सप्रेसन आदिमा निकै ध्यान दिनु पर्ने हुन्छ । र प्रस्तोताहरु निकै सावधान पनि हुन्छन् । तै पनि कहिले काँही अनौठा घटना भईदिन्छन् ।
यस्तै भएको छ युक्रेनकी एक महिला पत्रकारलाई । युक्रेनकी पत्रकार मारिच्का पाडाल्कोले टेलिभिजनमा बोल्दा बोल्दै उनको दाँत झरेको छ । त्यस पछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।
उनले कसैलाई नढाँटी आफ्नो ईन्स्ट्राग्राममा पोष्ट गरिन् र भनिन् मैले समाचार पढेको २० बर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।

भिडियोमा उनले समाचार पढ्दा पढ्दै दाँत अलि तल झरे पछि हातले छोपेर दाँत व्यवस्थापन गरेको देख्न सकिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने धेरैले उनको प्रशंसा गरेका छन् ।

उनले केही बर्ष अघि आफ्नी सानी छोरीले भित्ते घडी आफूतिर फ्याक्दा मुखमा लागेर दाँत झरेको र पछि नक्कली दाँत हालेको स्वीकार गरेकी छन् । त्यही दाँत पनि टेलिभिजनमा बोल्दा बोल्दै खसेको उनले स्वीकारेकी छन् ।
यस्तो परिस्थिति आउन सक्छ, केवल शान्त रहनुस् उनले अरुलाई सुझाएकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी