आज पनि प्रवेश गर्यो सलह

आज पनि प्रवेश गर्यो सलह

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौँ, १ साउन । सलहको झुण्ड आज पनि पश्चिम नेपालको विभिन्न जिल्लाबाट प्रवेश गरेको छ ।

कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार भारतको पश्चिम क्षेत्रमा रहेको सलहको केही झुण्ड हावाले उडाएर नेपाल छिरेको हो ।

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले आज बिहान नेपालगञ्ज र बाँकेबाट चारदेखि पाँच लाखको सलहको झुण्ड नेपाल छिरेको बताउनुभयो । यस्तै आजै कञ्चनपुरबाट समेत केही झुण्ड प्रवेश गरेको छ । असार २८ गते दाङबाट प्रवेश गरेको झुण्डले प्यूठानमा केही क्षति गरी तल्लो क्षेत्रमा गएको छ ।

मौसम विज्ञान विभागका अनुसार हावाको दिशा यही साउन २ गते दक्षिण पूर्वी र पूर्वबाट आउने छ । त्यस्तै ३ गते पनि सोही दिशाबाट हावा आउने छ । हावाको दिशा नेपालमा उत्तर–पश्चिम भएर जाने भएकाले पश्चिम क्षेत्रमा रहेको सलह प्रवेश गर्ने सम्भावना कम रहेको जनाइएको छ ।

यद्यपि भारतको पश्चिमी सिमानामा रहेको झुण्डबाट फुटेर केही विखण्डित समूह आउनसक्ने सम्भावना भने कायमै छ । सलहको झुण्ड पनि अहिले पश्चिम क्षेत्रमा छ । जमिनको सतहभन्दा एक हजार मिटरमाथि र समुन्द्र सतहभन्दा एक हजार ५०० मिटरमाथिबाट हावा बहने जनाएको छ ।

गत असार १३ गते नेपाल प्रवेश गरेको सलहले विभिन्न क्षेत्रमा लगाएको बालीमा केही क्षति पु¥याएको छ । त्यो बेला सबैभन्दा बढी ८० देखि ९० लाख सलह प्रवेश गरेको अनुमान छ । किसानको सक्रियता र मौसम प्रतिकूल हुँदा ठूलो क्षति पु¥याउन भने नसकेको कीटविज्ञले बताएका छन् । अहिले पनि ठाउँठाउमा सलहले आफ्नो उपस्थिति देखाइरहेको छ । धेरै सलह जङ्गलमा बसेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी