कञ्चनपुरमा युरिया मलको चरम अभाव

कञ्चनपुरमा युरिया मलको चरम अभाव

  • बिहिबार, साउन १, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

महेन्द्रनगर, १ साउन । एक महिनादेखि कञ्चनपुरमा युरिया मलको चरम अभाव हुँदा किसान चिन्तित बनेका छन् । धानरोपेकोे २१ दिन भित्रमा युरिया मल हाल्नुपर्ने भए पनि यहाँका किसानले मल नपाउँदा समस्या भइरहेको गुनासो गरेका छन् ।

“यहाँको दक्षिण क्षेत्रको सीमानाकाबाट लुकिछिपी मल आइरहेको सुनिन्छ”, शुक्लाफाँटा नगरपालिकाका दीना रानाले भन्नुभयो, “एक हजारमा पाउने मल रु एक हजार ७०० मा पनि पाउन मुश्किल छ ।”

त्यसैगरी महाकाली नगरपालिकाको सीमानाका हुँदै महाकाली नदीको झोलुङ्गे पुलबाट मल आइरहेको भए पनि बिक्रीवितरणका विषयलाई लिएर विवादसमेत उत्पन्न भएको थियो । स्थानीयबीच विवाद भएयता सो नाकाबाट पनि मल आउन छाडेको स्थानीयको भनाइ छ ।

कृषि ज्ञान केन्द्रले पनि कैलाली र कञ्चनपुरमा युरिया मल अभाव हुँदा उत्पादनमै कमी आउसक्ने बताएको छ । केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले मल नपाउँदा किसानले दुखेको पोख्ने गरेको बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा ७० हजार र कञ्चनपुरमा ४८ हजार हेक्टरमा धानखेती हुँदै आएको छ । “मल अभाव नौलो विषय होइन”, उहाँले भन्नुभयो, “अनौपचारिक नाकाबाट पनि यहाँ ३० प्रतिशत मल आयात हुन्थ्यो तर पनि बन्दाबन्दीले आउन छाडे पनि चरम अभाव देखिएको हो ।” उहाँले युरिया मल धान लगाएको २१ दिन र त्यसपछि पुनः २१ गरी दुईपटक हाल्नुपर्ने बताउनुहुन्छ । “यहाँले मल नपाउँदा नै उत्पादनलाई असर गर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “मल अभाव मुलुकभरकै समस्या हो ।”

त्यसैगरी कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले युरिया मल सकिएको महिना दिन भइसकेको जनाएको छ । “ करिव ४३ टन डिएपी र ४६ टन पोटास मल मात्रै हामीसँग मौज्दात छ”, लिमिटेड प्रमुख बलबहादुर शाहले भन्नुभयो, “मलका लागि बिहानदेखि साझँसम्म किसान यहाँ धाइरहन्छन् ।”

बन्दाबन्दीका बेला आपूर्तिमा सहज नहुँदा यहाँका केही सहकारीलाई भैरवाबाट मल ल्याउन दिइएको छ । “हामीले गत आर्थिक वर्षमा सहकारीबाट समेत गरेर दुई हजार ७३६ मेट्रिकटन मल बिक्री वितरण ग¥यौँ”, उहाँले भन्नुभयो, “मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ।” गत आवमा लिमिटेडले एक हजार ९ सय १७ मेट्रिक टन युरिया, एक हजार सात सय मेट्रिक टन डिएपी र ९५.२ मेट्रिक टन पोटास बिक्री गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी