असार २४ एजेन्सी । चीनले उत्पादन गरेको कोरोना बिरुद्धको भ्याक्सिन ब्राजिलमा परीक्षण शुरु हुने भएको छ ।
चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको भ्याक्सिनको सफल परीक्षण पछि तेस्रो स्टेजको परीक्षणका क्रममा ब्राजिलमा शुरु हुन लागेको हो ।
सिनोभ्याकले ब्राजिलको भ्याक्सिन उत्पादन कम्पनीसगँको सहकार्यमा यसको परीक्षण शुरु गरेको हो । ब्राजिल सरकारले यस अघि नै सो भ्याक्सिन १५ हजार जनामा परीक्षण गर्न अनुमति दिईसकेको छ । यसका लागि ९ हजार स्वास्थ्य कार्यकर्ता परिचालित भएको जनाईएको छ ।
सिनो भ्याकले वर्षमा १० करोड खोप उत्पादन गर्ने गरी प्लान्ट ल्याब निर्माण गरेको छ । पहिलो र दोस्रो चरणको परीक्षण सफल भए पछि तेस्रो चरणको परीक्षण हुन लागेको हो ।
भ्याक्सिन उत्पादन तथा परीक्षणको तेस्रो चरणमा चीन र बेलायत पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline