विश्वको सबै भन्दा बढी उमेर बाँचेका शरीर जोडिएका जुम्ल्याहा दाजुभाईको निधन

विश्वको सबै भन्दा बढी उमेर बाँचेका शरीर जोडिएका जुम्ल्याहा दाजुभाईको निधन

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 27K
    SHARES

एजेन्सी असार २३ । विश्वमै सबै भन्दा बढी उमेर बाँच्न सफल शरीर जोडिएका जुम्ल्याहा दाजुभाईको निधन भएको छ । उनीहरुको ६८ बर्षको उमेरमा निधन भएको डेलीमेलले जनाएको छ । रोनी र डोनी नामका ती जुम्ल्याहाको जन्म २८ अक्टोबर १९५१ मा भएको थियो । अमेरीकाको ओहियो अस्पतालमा उपचारको क्रममा निधन भएका उनीहरुको मृत्यु प्राकृतिक कारणले भएको चिकित्सकहरुले बताएका छन् । सन् २०१४ मै उनीहरुले विश्वमा सबै भन्दा धेरै जिउने शरीर जोडिएको जुम्ल्याहाको रेकर्ड बनाएका थिए । यो भन्दा अघि अमेरीकी मुलका चेंग र एंग बंकरको नाममा यो रेकर्ड थियो ।
दुबैको शरीर पेटदेखि जन्मजातै जोडिएको थियो । उनीहरुको लोअर डाईजेस्टिव ट्रयाक र मलाशाय समेत एउटै थियो । जब कि उनीहरुको मुटु अलग अलग थियो । दुबैको हात र खुट्टा पनि बिलकुल समान थियो ।
उनीहरुको रेखदेख भाई जिम र उनकी श्रीमतिले गरेका थिए । यो जोडीले सन् २०१४ मा कार्निवल साईड सो मा भाग लिएका थिए ।
यसमा उनीहरुले कमाएको पैसा बाँकी ९ जना भाई बहिनीको लागि खर्च गरेका थिए । करीब २० बर्ष सम्म उनीहरु परिवारबाट अलग्गिए पनि सन् २०१० पछि स्वास्थ्यका कारण परिवारसगैँ पुन बसेका थिए ।
उनीहरु जन्मिए देखि २ बर्ष भन्दा बढी समय लगातार चिकित्सकहरुले उनीहरुलाई अलग्याउने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।
उनीहरुले जन्मिने वित्तिकै उनीहरुकी आमाले हुर्काउन अस्वीकार गरे पछि बुवाले रेखदेख गरे र पछि सौतेनी आमाले । उनीहरु २९ महिनाको भए पछि उभिएर हिड्न सिकेका थिए । अनेकौ थेरापी र तालिमले उनीहरुलाई हिड्न, दिशा पिशाब गर्न सिकाईएको थियो । उनीहरु दुबै जना दाँया हाते भएकाले पनि अझ जटिलता थपिएको थियो ।

Donie (left) and Ronnie Gaylon (right) are pictured at 28-years-old. The two right-handed brothers had to learn to coordinate daily activities from cooking and cleaning to using the toilet. As teenagers, they would often come to blows, 'But that's understandable when you got somebody right there 24-7, seven days a week, year after year after year,' said their younger brother Jim

The twins were completely self-sufficient until 2010 when they needed full time medical care after Ronnie developed blood clots in his lungs as the result of a viral infection. It affected Donnie too, and both were left weak. They also began to suffer from debilitating arthritis that made it difficult and unsafe for them to live alone in their Dayton home

Donnie showcases a scrap book of the twin's baby pictures. Roughly 70% of all conjoined twins are born female

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी