बल्ल पाए किसानले राहत

बल्ल पाए किसानले राहत

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

भरतपुर, २३ असार । गैँडाकोट नगरपालिकामा गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । कृषि मन्त्रालयमार्फत विनियोजित रकम सो नगरपालिकाले किसानलाई प्रदान गरेको हो ।

नगरपालिकाका प्रमुख छत्रराज पौडेलले आज आयोजित कार्यक्रममा गैँडाकोटका किसानलाई प्रतिकट्ठा रु ६४० का दरले क्षतिपूर्ति रकम उपलब्ध गराउनुभयो । नगरपालिकाको १० देखि १८ नं वडाका किसान गरिमा धानमा बाला नलागेपछि पीडित बनेका थिए । नगरपालिकाले प्रतिकठ्ठा रु छ हजार क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो ।

उहाँले केही नहुनुभन्दा थोरै भए पनि किसानलाई राहत भएकोे र यस वर्षदेखि माटो परीक्षणको व्यवस्था मिलाउने जानकारी दिनुभयो । गत वर्ष नेपालमा गरिमा जातको धान नवलपुर, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ जिल्लामा बढी लगाइएको थियो ।

सो अवसरमा वडा नं १२ का वडाध्यक्ष वीरबहादुर थनेत, वडा नं ११ का वडाध्यक्ष गोविन्द सुवेदी, वडा नं १३ का वडाध्यक्ष पदमलाल पौडेल र वडा नं १० का वडा सदस्य कृष्णप्रसाद सापकोटालगायतको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी