पशु विकास शाखाले ह्याचरी मेसिन अनुदानमा दिदै

पशु विकास शाखाले ह्याचरी मेसिन अनुदानमा दिदै

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

वालिङ, २० असार । वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराएको छ । तीनवटा फार्म तथा सहकारीलाई ५० प्रतिशत अनुदानमा मेसिन उपलब्ध गराइएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

चल्ला उत्पादनका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा कुखुरा व्यवसायीको मागलाई ध्यानमा राख्दै ५० प्रतिशत अनुदानमा तीन फार्म तथा सहकारीलाई मेसिन उपलब्ध गराइएको नगरप्रमुख खाँणले बताउनुभयो । कुखरापालनलाई व्यावसायिकरूपमा अगाडि बढाउने उद्देश्यले अनुदानमा ह्याचरी मेसिन उपलब्ध गराइएको बताउनुहुँदै नगरप्रमुख खाँणले भन्नुभयो, “प्राप्त सामानको सही सदुपयोग गरी अगाडि बढ्नुहोस् ।”

पशु सेवा शाखाको वार्षिक कार्यक्रमअन्तर्गत अनुदानमा ह्याचरी मेसिन वितरण गरिएको पशु विकास शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो । योसँगै ह्याचरी मेसिनको अभावका कारण अण्डा लिएर पाल्पा जानुपर्ने र त्यहाँबाट चल्ला निकालेर ल्याउनुपर्ने बाध्यता हटेर जाने विश्वास शाखा प्रमुख श्रेष्ठको छ ।

मेसिनले २२ दिनमा कुखुरा, बट्टाई, कालिजलगायतका पक्षीका अण्डाबाट चल्ला निकाल्न सकिने छ । तीन फरक–फरक क्षमताका मेसिनले २२ दिनमा एक हजार ५६, ३५२ र २६४ चल्ला निकाल्न सक्ने छ । पशु विकास शाखामार्फत वालिङ–६ को गोविन्दाज सन पक्षी फार्म, वालिङ ३ मा रहेको महिला सहकारी र वडा नं १४ को कृषि सहकारी संस्थाबाट माग भएसँगै अनुगमन गरी वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी