मकवानपुरगढीमा व्यावसायकिरुपमा सिस्नुखेती

मकवानपुरगढीमा व्यावसायकिरुपमा सिस्नुखेती

  • शनिबार, असार २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

हेटौँडा, २० असार । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यावसायकिरुपमा सिस्नु खेती शुरु भएको छ । उक्त गाउँपालिकाको किसान समूहले सुकाउरामा बाँझो जमिनको झाडी फाँडेर सिस्नु खेती शुरु गरेको सो गाउँपालिकाकाले जनाएको छ । गाउँपालिका–७ का आधा दर्जन किसानले उक्त खेती गरेका हुन् । गाउँपालिकाको कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करिब एक बिघा जमिनमा सिस्नुको गानो रोपिएको जानकारी दिनुभयो ।

सिस्नु खेती गर्न गाउँपालिकाले रु एक लाख चालु आर्थिक वर्षमा दिएको छ । किसानले सिस्नुको धूलो बिक्री गर्ने लक्ष्य राखेर पहिलोपटक यसको खेती गरेका हुन् । किसान मानबहादुर मोक्तानले किसान समूहसँग मिलेर सिस्नु पिस्ने मेसिन खरिद गरेको बताउँदै सिस्नुको धूलो बिक्रीमा गाउँपालिकाले सहयोग गर्ने जानकारी दिनुभयो ।

यसैबीच हेटौँडा–६ को चौघडार शान्तिचौकका पाँच युवाले व्यावसायकि तरकारी खेती गरेका छन । रोयल अर्गानिक एग्रो फर्म एण्ड रिसर्च सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखमा तरकारी खेती सुरु गरिएको बताइएको छ । विषादीरहित तरकारीमा उपभोक्ताको चाहना र माग अत्यधिक रहेकोले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछा, कुखुरा र बाख्रा पालनसमेत सञ्चालन गरेको उक्त कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिनुभयो । हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागार्इँले त्यस कम्पनीको स्थालगत निरीक्षण गर्दै युवा पुस्ता व्यावसायिक कृषि कार्यमा लाग्नु उदाहरणीय भएको बताउनुभयो । साथै उहाँले वडासमेतबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी