महोत्तरीमा सघन धान रोपाइँ,विकास निर्माण ठप्प

महोत्तरीमा सघन धान रोपाइँ,विकास निर्माण ठप्प

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

महोत्तरी, १९ असार । मध्य असारसँगै लगातार रुपमा पानी परेपछि महोत्तरीमा जताततै सघन धान रोपाइँ हुँदैछ ।

गत आइतबार यता दिनहुँजसो पानी परेपछि जिल्लाका सबै भेगमा किसान रोपाइँमा ब्यस्त भएका छन् । यसअघि पानी नपरेर आकास ताक्दै आएका किसानलाई दिनहुँको वर्षासँगै रोपाइँ चाँडै सक्ने ध्याउन्न बनेको छ ।
महोत्तरीका सबै भेगमा पानी परिरहेकाले किसानलाई कृषिकर्ममा सक्रिय बनाएको छ । अहिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा लगातार पानी परेपछि यसपाली असार मसान्तमै धानको शाही रोप ९पहिलो बीउ रोप० सकिने आस जागेको बलवा नगरपालिकाको भगवतीपुरका किसान मंसुल राइनले बताउनुभयो । “मध्य असारमा राम्रो वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो, “मौसमले यस्तै साथ दिए यसपाली समयमै धान रोपाइँ सकिने छ ।”

महोत्तरीसहितका मध्यपूर्वी तराईमा जेठ २२ सम्म हिउँदे धानको बीउ राख्ने, असार तेश्रो साताभित्रै बीउ रोप ९शाही रोप० सक्ने र साउन तेश्रो साताभित्र खरुवन ९कलम, पहिले रोपिएको बीउको रोपो गाँजिएपछि त्यो उखेलेर रोप्ने गरिन्छ यसलाई खरुवन रोप भनिन्छ० रोपाइँ सक्न उपयुक्त समय मानिन्छ । यसपाली असार लागेयता दोश्रो सातासम्म पानी नपर्दा रोपाइँ हुन नसकेको हुँदा अब बीउ रोप सक्न असारभरि लाग्ने किसान बताउँछन् ।

असार मध्यदेखि लगातार रुपमा पानी परेपछि खेतका गह टन्न भरिएका छन् । खेत हिल्याउने, गह सम्याउने, बीउ काढ्ने ९बीउ उखेल्ने० र रोप्ने कामको सबैलाई चटारो छ । यद्यपि पानी पर्याप्त भएपनि कम्पोष्ट मल र जन ९कृषि कार्यको जनशक्ति० नपाइँदा रोपाइँ समयमै सक्न धौ धौ परेको भङ्गाहा नगरपालिका–६ सग्रामपुरका किसान राजीशरण यादवले बताउनुभयो ।

जिल्लाका कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टर छ । यसमध्ये १० प्रतिशतमात्र नहर कुलो लाग्ने सिञ्चित भएको हुँदा यहाँको अधिकांश खेती आकासे पानीकै भरमा गरिनुपर्दा कहिल्यै समयमा खेती गर्न नपाइएको किसानको आम गुनासो छ । यसबाहेक समयमा बीउ, मल र जन नपाउँदा किसानको जिन्दगी दुःखैदुःखको पहाड बनेको बर्दिवास नगरपालिका–१२ का किसान विश्वनाथ सिंहले बताउनुभयो ।

जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये ५०÷५२ हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिन्छ । तर, मौसमको अनुकूलता नहुँदा र अन्य खेतीका लागि आवश्यक तयारी हुन नसक्दा जिल्लामा ४०÷४५ हजार हेक्टरभन्दा माथि धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र मलङ्गवा ९महोत्तरी सर्लाही कार्यक्षेत्र० सर्लाहीको तथ्याङ्क छ ।

पछिल्लो वर्षाले जिल्लामा धान रोपाइँका लागि सहज भएपनि यहाँका अधिकांश सडक हिलाम्य भएका छन् । लगातारको वर्षाले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका मुख्यचोक र कैयौं कार्यालय परिसर अहिले जलमग्न भएका छन् । जिल्लाका मटिहानी, लोहारपट्टी, भङ्गाहा, बलवा, मनराशिशवा र रामगोपालपुर नगरपालिका क्षेत्रका बस्तीमा पनि पानी डम्म जमेको छ ।

जिल्लाका ग्रामीण सडक हिलाम्य भएर हिंडडुल गर्न नसकिने बनेका छन् । हिउँदमा सडक मर्मतसम्भार र ढल व्यवस्थापनका काम नगरेर असार लागेपछि सडकमा माटो भर्ने काम गरिदा नयाँ माटो पानीमा घोलिएर ग्रामीण सडक हिलाम्य भएका भङ्गाहा–३ कटैया बस्तीका राजनीतिक, सामाजिक कार्यकत्र्ता हरि यादवले बताउनुभयो ।

पछिल्लो वर्षाले सडक, पुलपुलेसा र अन्य विकास निर्माणका कामलाई प्रभावित बनाएको छ । हिँउदभरि राजनीतिक खिचातानी हुने र आर्थिक वर्ष सकिनै लाग्दा हतारमा विकास निर्माणका काम थाल्ने पद्धति नै बसेको हुँदा करोडौं रकम विकासका नाउँमा बर्खेभेलमा बग्ने गरेका लोहारपट्टी–६ का बेचन शेषको भनाइ छ ।

जिल्लामा पछिल्लो वर्षाले सडक हिलाम्य भएपछि लोहारपट्टी–जनकपुर, बर्दिवास–जलेश्वर र जलेश्वर–सम्सीलगायतका मुख्य सडकमै यातायातका साधन चल्न छाडेका छन् । जिल्लामा सबैजसो स्थानीय तहका कच्ची सडक हिलाम्य भएका छन् । विकास निर्माणका कार्य नराम्ररी प्रभावित भएपनि खेतीपातीका लागि पछिल्लो वर्षा अमृत नै भएको हुँदा किसान भने सन्तुष्ट देखिन्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी