कृषि उत्पादन बढाउन यान्त्रिकरण

कृषि उत्पादन बढाउन यान्त्रिकरण

  • शुक्रबार, असार १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

रुकुमपश्चिम, १९ असार । परम्परागत कृषि प्रणालीमा सुधार गरी कृषि उत्पादनलाई बढाउन रुकुमपश्चिममा यान्त्रिकरणलाई जोड दिइएको छ । विभिन्न उपकरणको प्रयोग बढाई परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले जिल्लाका कृषकलाई हाते ट्र्याक्टरलगायत आधुनिक औजार वितरण भइरहेका छन् ।
यसअन्तर्गत कृषि विकास कार्यालयले यान्त्रिकरण र व्यवसायीकरण गर्ने ध्येयले जिल्लाका २९ वटा समूह तथा सहकारीलाई अनुदानमा हाते ट्र्याक्टर उपलब्ध गराएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गतको २० लाख बजेट र किसानसमेतको लगानीमा जिल्लाका विभिन्न व्यक्ति, समूह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त प्रमुख राजेश साहका अनुसार चालू आर्थिक वर्ष २०७६÷७७ को यान्त्रीकरण वितरण कार्यविधि अनुसार पकेट तथा ब्लक कार्यक्रममा आएको बजेटले ती हाते ट्र्याक्टर वितरण गरिएको छ । कूल ६८ वटा हाते ट्र्याक्टर वितरण गर्ने कार्यक्रम रहेकामा बाँकीलाई पनि छिट्टै वितरण गरिने उहाँको भनाइ छ ।
यसका लागि व्यक्ति तथा फर्मलाई ५०, समूहलाई ६० र सहकारीलाई ७० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण भइरहेको छ । कृषकको मागका आधारमा हाते ट्र्याक्टर वितरण गर्ने कार्यक्रम स्वीकृत भएको कृषि विकास कार्यालयले जनाएको छ । हाते ट्र्याक्टरमार्फत कृषि कर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीमा जोड्न सजिलो हुने विश्वास गरिएको छ ।
वितरण गरिएका ट्र्याक्टर खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने खालका रहेको कार्यालयले बताएको छ । परम्परागत शैलीमा खेतीपाती गर्दा दुःख धेरै हुने तर उत्पादन कम हुने समस्या रहेको अवस्थामा यान्त्रिकीरणलाई जोड दिइ उत्पादन बढाउने लक्ष्य सो कार्यालयले लिएको छ ।
जिल्लामा कृषि पेशा अझै पनि परम्परागत शैलीमै चलिरहेको छ । स्थानीय काठे हलोसहित स्थानीय कुटो, कोदालाका भरमा खेतीपाती भइरहेको छ । तर पछिल्ला केही वर्षदेखि भने कृषिमा यान्त्रिकीकरणलाई जोड दिइएको छ ।  प्रविधिले खेतीपाती गर्नमा सहजता आउनुका साथै कृषि उत्पादनमा समेत वृद्धि भइरहेको कृषकको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी