एजेन्सी असार १९ । ईजरायलको तेल अभिव शहरमा सयुक्त राष्ट्रसंघको गाडीमा यौन सम्पर्क गर्दै गरेको भिडियो भाईरल बने पछि त्यसमा संलग्न राष्ट्रसंघको दुई जना कर्मचारीलाई पहिचान गरी राष्ट्रसंद्धले विना तलव बस्ने गरी निलम्बन गरेको छ । रातो रंगको लुगा लगाएकी महिलासगँ करीब साझँको समयमा तेल अविवमा राष्ट्रसंघको गाडी भित्रै यौन सम्पर्क गर्ने ती कर्मचारी शान्तिसेनाको अब्जरभर भएको बताईए पनि नाम खुलाईएको छैन ।
उनीहरुलाई अनुसन्धान पुरा नहुन्जेलका लागि विना सेवा सुविधा निलम्बन गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजेरीकले बताएको बिबिसीले जनाएको छ ।
१८ सेकेण्डको सो भिडियो जुन महिनाको अन्त्यमा भाईरल बनेको थियो । यस भिडियोमा राष्ट्रसंघको सेतो रगको गाडीभित्र सिटमा रातो रंगको कपडा लगाएकी महिलाले एक पुरुषसँग सेक्स गर्दै गरेको देखिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline