भीमदत्त नगरपालिका द्वारा किसानहरूलाई कृषि उपकरण सहयोग

भीमदत्त नगरपालिका द्वारा किसानहरूलाई कृषि उपकरण सहयोग

  • बिहिबार, असार १८, २०७७
  • -डम्मर राज भट्ट

  • 13.1K
    SHARES

कन्चनपुर , १७ असार । भीमदत्त नगरपालिकाका किसानहरुलाई कृषि उपकरणहरू सहयोग गरिएको छ । भीमदत्त नगरपालिका कृषि विकास शाखाले अनुदानमा कृषि औजार उपकरण वितरण गरेको छ ।
भीमदत्त नगरपालिकामा नगर प्रमुख सुरेन्द्र विष्टले बुधबार किसानहरुलाई कृषि उपकरण प्रदान गरेका छन् । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा कृषि उपकरण वितरण गरिएका छन् ।
कार्यक्रममा नगर प्रमुख विष्टले कृषि उपकरणबाट किसानहरूलाई कृषि उत्पादनमा वृद्धि गर्न् सहयोग पुग्ने बताए ।
नगरपालिका क्षेत्रका विभिन्न वडाका वासिन्दाहरूलाई उपकरण दिइएको छ । त्यसमा कृषक समूह, फर्म र व्यक्ति समेत छन् ।
भीनपा १७ को हुनैनाथ कृषक समूह मल्टि प्रपज पावर टिलर दिइएको छ । धान काट्ने, चुट्ने लगायतका कार्य एकसाथ पावर टिलरबाट गर्न सकिने कृषि प्राविधिकहरु बताउँछन् ।
भीनपा ७ को महेश्वर पशु तथा कृषि समूह, भीनपा ६ का इन्द्रा भट्ट, भीनपा १९ का कृष्णदत्त जोशी, भीनपा १७ बैजनाथ कृषक समूह, दिपज्योति कृषक समूह, भीनपा ९ का करन र भीनपा १० लाली गुराँस महिला कृषक समूहलाई धान चुट्ने थ्रेसर मोटर सहितको मेसिन प्रदान गरिएको छ ।
भीनपा १२ को एकता कृषक समूहलाई धान चुट्ने थ्रेसर र धान काट्ने मेसिन दिइएको छ ।
भीनपा ५ को ब्रजनाथ कृषक समूहलाई धान चुट्ने र भीनपा १९ को एमडी फलफूल खेती तथा भैसी पालन फर्मलाई धान काट्ने मेसिन सहयोग गरिएको छ ।
भीनपा २ को राष्ट्रिय कृषक समूह र भीनपा ९ का सुन्दर सिह धामीलाई कम्बाईल मिल दिइएको छ ।
कृषि उपकरण वितरण कार्यक्रममा नगर प्रमुख विष्ट सहित नगर प्रवक्ता हिमाल बहादुर चन्द, कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेय, कृषि प्राविधिक निरज शर्मा लगायतका सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी