सूर्यभन्दा २५ लाख गुणा तेजिलो विशाल तारा अचानक गायब, खगोलशास्त्री अचम्मित

सूर्यभन्दा २५ लाख गुणा तेजिलो विशाल तारा अचानक गायब, खगोलशास्त्री अचम्मित

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, १८ असार । पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश बर्ष दूरीस्थित एक विशाल तारा अचानक गायब भएपछि खगोलशास्त्री अचम्मित परेका छन् ।

कुनै तारा सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यस्तो घटना पहिलो भएको उनीहरुकाे अनुमान छ ।

नीलो रंगको यो तारा किनम्यान डवार्फ आकाश गंगामा थियो । युरोपियन सदर्न अब्जर्भेटरी(ईएसओ) को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा विलाएको पत्ता लागेको हो ।

धेरै दुरीका कारण यो तारालाई देखिएको थिएन तर डिटेक्ट गरिएको थियो । यसको मद्दतबाट बैज्ञानिकहरु पनि यति ठूलो तारा कसरी मर्छ भनी खोजिरहेका थिए ।

यो तारा सूर्यभन्दा २५ लाख गुणा तेजिलो थियो । यो सन् २०११ देखि २०१९ को बीचमा गायब भएको अनुमान गरिएको छ । तारा यसरी एकाएक हराउनुलाई बैज्ञानिकहरुले धूलोले ढाकेको हुन सक्ने पनि अनुमान गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी