सलह फट्यांग्रा कक्रक्क पार्न अमेरीकाबाट गीत संगीत झिकाउने मन्त्री भुषालको भनाई

सलह फट्यांग्रा कक्रक्क पार्न अमेरीकाबाट गीत संगीत झिकाउने मन्त्री भुषालको भनाई

  • सोमवार, असार १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

सिन्धुली,१५ असार । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले संगितले सलहलाइ लठ्याउने जानकारी पाएकाे भन्दै त्यस्ताे गीत तथा संगित झिकाउन लागेकाे जानकारी दिएका छन् ।

आइतबार सिन्धुलीमाढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सलह किरा कक्क्रक्कै हुने अमेरिकी ह्याप्पिमेटल म्युजिक ब्रान्डकाे गीत संकलन भइरहेकेा जानकारी दिए ।सलह नियन्त्रणका लागि गीत र संगित निक्कै प्रभावकारी हुने चर्चा गर्दै मन्त्री भुषालले भन्नुभयाे, ‘मलाइ अस्ट्रेलियामा बस्ने भाइले फाेनमा सलह नियन्त्रणका लागि गीत र संगित प्रभावकारी हुने भनेका छन्, त्यहि अनुसार गीत, संगित संकलन गर्न लागिएकाे छ ।’

मन्त्री भुषालले सलह किरा नियन्त्रणका लागि स्थानीय तहलाई पैसा पठाइदिने पनि बताएका छन् ।  अहिलेसम्म स्थानीय तहहरुले नै नियन्त्रणको व्यवस्था गर्न सक्ने खालको अवस्था नेपालमा भएको उनले बताए ।

‘सलह किराले ठूलो क्षति गरेको भन्‍ने अहिलेसम्म आएको छैन्,’ उनले भने,’धेरै फैलिएर क्षति ठूलो हुन थालेमा सलह किरा नियन्त्रण र निर्मूल गर्न आवश्यक रकम मन्त्रालयले स्थानीय तहहरुलाई पठाउँछ ।’

उनले सलह नियन्त्रणका लागि बजेट अपर्याप्त भयो भनेर नगरपालिका र गाउँपालिकालाई मन्त्रालयले बन्दोबस्त गर्ने बताए । कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी