भाईबरले फेसबुकसगँको व्यवशायीक सम्बन्ध तोड्ने घोषणा

भाईबरले फेसबुकसगँको व्यवशायीक सम्बन्ध तोड्ने घोषणा

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

असार १४ काठमाण्डौं । सुरक्षित एवं निःशुल्क सञ्चारको लागि विश्वको अग्रणी मैसेजिङ्गएपहरुमध्ये एक– राकुटेनभाइबरले फेसबुकसँगको आफ्ना सबै व्यवसायिक सम्बन्धहरु तोड्ने घोषणा गरेको छ ।
यो मैसेजिङ्गएपले फेसबुक कनेक्ट, फेसबुक एसडिके, र जिफिलाई हटाउनुको साथसाथै सामाजिक सञ्जाल प्लेटफर्ममा गरिने सबै विज्ञापन खर्चहरु रोक्ने निर्णय पनि लिएको छ । यो भाइबरले जनाएको बढ्दो अनलाइनअभियान #StopHateForProfit तर्फको साथ र एक ठूलो टेक्नोलोजिकल कम्पनिको वहिष्कार हो ।

पछिल्ला केहीहप्ताहरुमा अमेरीका भरी फैलिएको प्रतिकार प्रदर्शनीहरुको बीचमाएन्टि–डिफामेसन लीग एण्ड एनएएसिपि लगायत अरु ६ वटा संगठनहरुले फेसबुकमा हुने द्वेषपूर्ण वक्तव्य–बाजीबाट प्रयोगकर्ताहरुलाई संरक्षण प्रदान गर्नमा सो कम्पनी असक्षम रहेकोले जुलाई महिनाभरीको लागि त्यस सामाजिक सञ्जालमा विज्ञापन खर्च स्थगनकालागि फेसबुक विज्ञापनदाताहरुलाई आव्हान गरेका छन् ।
डाटाको गलत प्रयोगका अनगिन्ती घटनाहरु र विगतमा भएको चर्चित क्याम्ब्रिज एनालाइटिका काण्ड, जस्मा राजनैतिक परामर्शदातृ फर्मले ८७ मिलियनसम्म फेसबुक प्रयोगकर्ताहरुको डाटा अनुपयुक्त तवरले उपयोग गरेको घटनाका कारण फेसबुकको द्वेषपूर्ण वक्तव्यबाजीले अन्तिमरुप लिएको भनि भाइबरले उल्लेख गरेको छ ।
यसैकारण भाइबरले #StopHateForProfit अभियानलाई अझअगाडि लैजान फेसबुकसँगका सबै किसिमका व्यवसायिक सम्बन्धहरु तोडेको हो ।

भाइबरको सिइओ जमेल अगाउवाले भन्नु भएको छ “फेसबुकले आजको समयमा आफ्नो भूमिकाबारे बुझ्न निरन्तर कमजोर निर्णय प्रस्तुत गर्दै आइरहेको छ । कम्पनीको डाटाको गलत व्यवस्थापन र यसका एपहरुमा गोपनीयताको अभावदेखि लिएर हिंस्रक र खतरनाक बयान–बाजीबाट जनताहरुलाई संरक्षण गर्न आवश्यक कदमहरु नलिने अडानलाई हेर्दा फेसबुक धेरै टाढा गैसकेको छ । हामी सत्यको मध्यस्थहरु होइनौं तर असलमा नै केहीमानिसहरु हिंसात्मक सामग्रीहरुको प्रसारबाट प्रताडित भैरहेका छन् र कम्पनीहरुले निश्चय नै स्पष्ट अडान लिनु जरुरी छ ।”

भाइबर एपबाट फेसबुक टच प्वाइन्टहरु हटाउने प्रक्रियाले २०२० को जुलाईको आरम्भसम्ममा पूर्णता पाइसक्ने अपेक्षा गरिएको छ । फेसबुकमा विज्ञापनको लागि गरिने खर्चमाथिको प्रतिबन्ध भने तत्कालै लागू गरिनेछ ।

राकुटेन भाइबर के हो ? 

राकुटेनभाइबरमाहामीमानिससँग मानिसलाई जोड्दछौं । तीमानिसहरु जहाँबाट जो भएपनित्यसले केही फरक पार्दैन । हाम्रो विश्वव्यापीप्रयोगकर्ताले यीविशेषताहरु जस्तैः एक एकजनाबीच च्याट गर्ने, भिडियो कलगर्ने, सामूहिकम्यासेज गर्ने, तथाआफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिन्को जानकारी राख्ने लगायतमाआफ्नो पहुँच राख्दछन् । हामीहाम्राप्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं किउनीहरुले आफ्नो भावना सुरक्षितएवं स्वतन्त्रवातावरणबीच साटासाट गर्न सक्दछन् ।

राकुटेन भाइबर राकुतेन इन्कर्पोरेटको एक हिस्सा हो, जुनविश्वव्यापी रुपमा इ–कमर्स तथावित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यमहो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्गएपपनिहो । आजै भाइबरमाजोडिनुहोस् र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस् ।

नयाँ राकुटेन भाइबर ब्राण्ड जायदादहरु आवश्यक परेको छ ? हाम्रो ब्राण्ड सेन्टरमागएर लगाउनुहोस् । थप सोधपुछकालागि media@viber.com.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी