नवलपरासी पश्चिममा पनि देखियो सलह किरा , किसान चिन्तित

नवलपरासी पश्चिममा पनि देखियो सलह किरा , किसान चिन्तित

  • आइतवार, असार १४, २०७७
  • रबिन्द्र यादव

  • 9.9K
    SHARES

नवलपरासी पश्चिममा पनि सलह किरा भेटिएका छन् । जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ सुखौरामा सलह किराले प्रवेश गरेको स्थानीयले बताएका छन् । अहिले सुखौरा क्षेत्रमा रहेको रहर खेती संगै मकैबाली र रुखहरुमा सलह किरा बसिसकेका छन । एकाएक सलह किरा आए खेतीमा बसेपछि सुखौरा क्षेत्रका किसानहरु चिन्तित बनेका छन् ।

करिव ४ बजेको समयमा सुखौरा माथीको आकासमा सलह किरा देखिएको र लगत्तै त्यस क्षेत्रका रुखहरु संगै रहर र मकै बालीमा सलह बसेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिए । सलह दक्षिण तिरबाट प्रवेश गरेको शर्माले बताए । नवलपरासी पश्चिम पनि भारत संग जोडिएको जिल्ला भएकोले पनि भारतबाटै किरा प्रवेश गरेको हुन सक्ने जनाइएको छ ।

सुखौरा बर्दघाट नगरपालिकाको चुरे पहाडि क्षेत्र हो । जिल्लाको आकासमा यतिखेर सलह किराहरु उडेको प्रष्ट देख्न सकिन्छ । यो संगै नवलपरासीमा सलहको चपेटामा पर्ने देखिएको छ । छिमेकी जिल्ला रुपन्देहीमा पनि सलह किरा देखापरिसकेको छ । किसानहरुले दुःख गरेर लगाएको बाली किराले नष्ट गर्ने भएपछि स्थानियहरु निकै चिन्तित भएका छन् । सहल किरालाई नियन्त्रणमा ल्याउन आक्समिक बर्दघाट नगरपालिकाले प्राविधिक सहितको टोली संग बैठक बस्ने तयारी भइरहेको मेयर शर्माले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी