बाली नष्ट गरेर अनिकाल ल्याउने सलह आईपुग्यो नेपाल, खतरा कति ? 

बाली नष्ट गरेर अनिकाल ल्याउने सलह आईपुग्यो नेपाल, खतरा कति ? 

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 20K
    SHARES

काठमाडौं असार १३ । अफ्रीकादेखि ईरान, पाकिस्तान भारत हुदै अन्ततः सलह नेपालमा आईपुगेको छ । शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

यसले धेरै बालीनाली नष्ट गर्ने संभावना रहन्छ ।

मन्त्रालयको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईले यो फट्याङग्रा भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुरमा अहिलेसम्म देखापरेको बताए । ‘हिजोअस्ती दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न सीमाहुँदै नेपालमा ल्याइ पुर्‍याएको हो,’ हुमागाईले भने,‘यो फट्याङग्राको बथान नै नेपालमा प्रवेश गरेको हो वा तितरबितर भएर आएको हो, त्यो बारेमा पनि अध्ययन गर्दैछौं ।’

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार(प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ । यो फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो ।

यो फट्याङग्राको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनले एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको कार्यदलका संयोजकसमेत रहेका हुमागाईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी