कृषकलाई बाँदर भगाउने आधुनिक उपकरण

कृषकलाई बाँदर भगाउने आधुनिक उपकरण

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

रामपुर ,१३ असार ।पाल्पाको रामपुर नगरपालिकाले बाँदर भगाउने उपकरण कृषकलाई उपलब्ध गराएको छ । बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई सो उपकरण प्रदान गरिएको हो ।

नगरपालिकाले पहिलो चरणमा ५० वटा उपकरण वितरण गरिसकेको र पुनः ५० वटा खरिद गरेर आवश्यक ठाउँमा वितरण गरिने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । सो उपकरण रामपुरका स्थानीय युवा जायश्वर पाण्डेय र तीर्थराज पाण्डेयले तयार पार्नुभएको हो । पिभिसी पाइप जोडेर तयार गरिएको उपकरण परीक्षण गर्दा सफल भएपछि कृषकलाई उपलब्ध गराइएको हो ।

सो उपकरणमा केरा तथा विभिन्न फलफुल पकाउन प्रयोग गरिने ‘क्याल्सियम कार्बाेहाईड’ र पानीको मिश्रण राखेर पछाडिबाट ग्यास लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किदा बाँदर भाग्ने निर्माणकर्ता जायश्वर पाण्डेय बताउनुहुन्छ । बाँदर भगाउने उपकरणसँगै केही ‘क्याल्सियम कार्बाेहाईड’ र ग्यास लाइटर पनि प्रदान गरिएको छ । सो यन्त्रको मुल्य तीन हजार ५०० रहेको छ । जिल्लाका रम्भा, निस्दी, माथागढी, बगनासकाली, पूर्वखोला गाउँपालिका क्षेत्रमा पनि बाँदर आतङ्क बढ्दो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी