अनलाईन प्रयोगमा तपाईको डाटा कतिको सुरक्षित छ ? पूर्ण सुरक्षाका लागि भाईबरले ल्यायो नयाँ एप

अनलाईन प्रयोगमा तपाईको डाटा कतिको सुरक्षित छ ? पूर्ण सुरक्षाका लागि भाईबरले ल्यायो नयाँ एप

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 23.2K
    SHARES

पछिल्लो कोरोना महामारी र लकडाउन जस्ता कारणले घरैबाट ईन्टरनेटको माध्यमबाट काम गर्ने प्रचलन बढेको छ । जसमा अनलाईन प्रयोग गर्दा गर्दै पनि धेरै क्षेत्रमा डाटा सुरक्षा निकै चुनौतीपूर्ण बनेको पनि देखिन्छ । फोब्र्सका अनुसार ईन्टरनेट प्रयोग ७० प्रतिशतले बढेको छ । यस्तोमा डाटा सुरक्षा निकै संवेदनशील बनेर आएको छ । यसैलाई ध्यानमा राखेर भाईबरले नयाँ एप ल्याएको छ ।
यसबारे थप जानकारीका लागि भाईबरको यो विज्ञप्ति पूरा पढ्नुस् :

प्रेस विज्ञप्ती
अनलाइन क्षेत्रमा जन–उपस्थिति पहिलेभन्दा पनि बढि– हाम्रो गोपनीयतामा यसको अर्थ के रहला ?
भाइबर एपको साथमा तपाईंको डाटा सदा सुरक्षित रहन्छ ।

कोभिड–१९ को महामारी भएदेखि हामीमध्ये धेरैले न्यू नर्मल अपनाइ आ–आफ्नो घरको सुरक्षामा बसेका छौं । यस लगतै हाम्रो इन्टरनेट प्रयोग पनि, फोब्र्सका अनुसार, लगभग ७० प्रतिशतले ह्वात्तै बढेको छ । त्यसैले, अहिले हामीले घरबाट काम गरिरहेको बेला, हाम्रा उपकरणहरुको सहायताले टाढा रहेका हाम्रा प्रियजनहरु त्था साथीभाइहरुसँग कुराकानी गर्दा हाम्रो गोपनीय जानकारी पहिलेभन्दा बढी जोखिममा पर्न सक्छ ।
सम्भवत तपाईंले क्वारेन्टाइनको समयमा लोकप्रिय बनेका धेरै सञ्चार एपहरुमा पनि गोपनीयताको विषयलाई लिएर उठेको खबरहरु सुन्नु भएको नै हुनुपर्छ । यी प्रायः गरेर भिडियो कन्फरेन्स एप अथवा मोबाइल भिडियो सोसियल नेटवर्किङ्ग एपहरु हुन् जसले तपाईंको डाटालाई तेस्रो पक्षमा लिक गराउन सक्छन् । यस्का साथै कोभिड–१९ को विस्तार रोकथाम गर्न गरिने कन्ट्रयाक्ट ट्रेसिङ्गको लागि निर्माण गरिएका एपहरु प्रयोग गर्नमा समेत सावधान गराइएको छ । यी एपहरु अहिलेको परिस्थितिमा सहयोगी हुने भएपनि तिनले रियल टाइममा स्थलगत डाटा भण्डारण र प्रशोधन गर्न सक्छन् । मानिसहरु पनि आफ्ना शौख र रुचीहरुसँग मेल खाने समुदायहरु वा समूहहरुसँग आबद्ध हुने पनि यही दौरान सामाजिक सञ्जालमा अग्रसर भएका छन्। हालको आर्थिक अनिश्चितताको समयमा मानिसहरुलाई सबै सुविधा दिने प्रयास गर्दै अनलाइन मार्केटस्थलहरु पनि धेरै सक्रिय भएका छन् । तर मानिसहरुले के महसुस गर्दैनन् भनेत्यस्ता केही सार्वजनिक समुहहरुले प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण अन्य अपरिचित व्यक्तिहरु माझ खुला गरिदिन सक्छन् । अन्य मैसेजिङ्ग एपहरुले प्रयोगकर्ताहरुको व्यक्तिगत एवं गोपनीय च्याटहरु स्क्यान गरी त्यो डाटा लक्षित विज्ञापन गर्नका लागि प्रयोग गर्न सक्छन् । केही एपहरु कानून कार्यान्वयन गर्ने निकायहरुलाई ट्रयाकिङ्ग गर्नका लािग सन्देश
तथा डाटाहरु उपलब्ध गराउन सम्म पहुँच राख्न सक्ने हुन्छन्।

यसले गर्दा एक महत्वपूर्ण प्रश्न अघि आउन सक्छ : कुन एपलाई तपाईंले यो सामाजिक दूरीको युगमा आफ्नो गोपनीयतासँग साँच्चिकै विश्वास गर्न सक्नुहुन्छ ? राकुटेन भाइबर, विश्वका प्रमुख मैसेजिङ्ग एपहरुमध्ये एक हो जसले तपाईंलाई तपाईको अनलाइन सुरक्षा प्राथमिकीकरण गर्न धेरै तरिकाहरु प्रदान गर्दछ । यो हाम्रोप्रयोगकर्ताहरुको डाटा संरक्षण गर्नलाई गरिएको हाम्रो प्रतिबद्धताप्रति ऐक्यबद्धमा आधारीत छ । “अन्य एपहरुले प्रयोगकर्ताको डाटा बजारमा प्रवद्र्धन गरी मार्केटिङ्ग अभियानहरुको सुधार गर्न वा अन्य कम्पनीहरुलाई बिक्री गर्न प्रयोग गर्न सक्छन्भने भाइबरबाट प्रेषित निजी सन्देशहरु स्वतः नै इन्क्रिप्टेड हुन्छन्, जसको अर्थ हो कि भाइबरले पनि भाइबर प्रयोगकर्ताहरुको च्याट हेर्न असम्भव नै हुन्छ । भाइबरमा तपाईंले यो सुनिश्चित् गर्न सक्नु हुन्छ कि तपाईंले पठाउनु हुने प्रत्येक सन्देश तपाईंले जुन उपकरणलाई पठाउनु भएको हो, त्यसमा मात्र पढ्न सकिन्छ ।” राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भन्नु भयो ।
तपाईं अझ एक कदम अघि बढि तथा केही निर्देशनहरु पालना गरी आफ्नो उपकरणमा रह्को सूचना सुरक्षित गर्न सक्नु हुन्छ । तपाईंले आफ्नो फोनको गोपनीयता सेटिङ्गस् जाँच गरीे आफ्नो फोनमा भएको कुन कुन एपहरुलाई जहाँबाट पनि डाटाको पहुँचमा पुग्ने अनुमति प्रदान गर्नु भएको छ भनि हेर्न सकिन्छ । यदि तपाईंलाई कुनै एप जसको पहुँच कुनै त्यस्तो ठाऊँसम्म नहोस्भन्ने लाग्छ भनेत्यसलाई बन्द गर्न टगल स्वीच दबाउन सक्नुहुन्छ ।

यदि तपाईंले सेयर्ड उपकरण प्रयोग गरी रहनु भएको छ भने तपाईंले टाइप गर्नु भएको संवेदनशील जानकारी संरक्षणगर्न खासगरेर तपाईंले अटो फिल बन्द गर्नु उचित हुन्छ । निश्चय नै, तपाईंले आफ्नो काम सकेपछि एपहरुबाट लग आउट गर्नु पर्छ, ताकि तपाईं पछिको अन्य प्रयोगकर्ताले तपाईंको निजी विवरण देख्न नसकुन्।

जब एप इन्स्टल गर्ने कुरा आउँछ तब पनि सावधानी अपनाउन जरुरी हुन्छ । केवल विश्वासिला स्टोरहरु जस्तै एप स्टोर वा प्ले स्टोरबाट एपहरु प्राप्त गर्नुहोस्र यदि ती एपहरु भरोसापूर्ण र सुरक्षित छन्भनेमात्र डाउनलोड गर्नुहोस् । धेरैजसो एपहरुले तपाईंको डाटा संग्रह गर्न, व्यवसाय गर्न र विज्ञापन गर्ने उद्देश्यहरुले प्रयोग गर्न सक्छन् भन्ने सम्झनुहोस् । तपाईंको फोनमा भएको प्रत्येक एपलाई सरसर्ती हेर्नुहोस् र यो ध्यानमा राख्नुहोस् कि हरेक एपलेअव्यक्त रुपमा गोपनीयता समस्या ल्याउन सक्छन्। तपाईंले नसोच्नुभएको एप जस्तै एउटा फोटो इडिटिङ्ग एप पनि तपाईंको सम्पर्क, ठेगाना र विवरणसम्म पुग्ने बाटोहुन सक्दछ । तपाईंले शायदै प्रयोग गर्ने एप भेट्नुभएमा त्यसलाई मेटाइहाले तपाईंको फोनमा भएको एउटा सुरक्षा जोखिम कम हुनेछ ।
भाइबर पूर्वनिर्धारित नै इन्क्रिप्टेड भएकोले तपाईंले यसबाट आफ्नो डाटा लिक हुने वा बिक्री हुने चिन्ता लिइरहनु पर्दैन । “राकुटेन भाइबरमा हामी गर्वका साथ भन्छौँ कि हाम्रा प्रयोगकर्ताको गोपनीयतालाई हामी अगाडी राख्छौं ।
हामी तपाईंको डाटा कहिल्यै पनि बिक्री गर्ने छैनाँै र वास्तवमै हामि त्यो डाटा हेर्न समेत सक्दैनौ ” राकुटेन भाइबरका सिइओ जमेल अगाउवाले भन्नु भयो ।
तपाईंका सबै व्यक्तिगत अन्तरक्रियाहरु अनलाइन सार्दा केही सुरक्षा जोखिमहरु प्रस्तुत हुन सक्छन् तर यदि तपाईंले एपहरु होशियारी पूर्वक प्रयोग गरेमा र तपाईंको गोपनीयता अनलाइन संरक्षण गर्ने मापदण्डहरु अपनाउनु भएमा तपाईंले इन्टरनेटको डाटा माइनफिल्डममा रहेको सबै ट्रयापहरुबाट बच्न सक्नु हुन्छ र आफ्नो मनको शान्तिका साथ आफूलाई विश्वास लाग्ने व्यक्तिहरुसँग जोडिन सक्नुहने छ ।

राकुटेन भाइबरको बारेमा

राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले यी विशेषताहरु जस्तैः वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन्। हामी हाम्रा प्रयोगकर्ताहरुलाई यो सुनिश्चित् गर्दछौं कि उनीहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन्।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ–कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसि बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भनें गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल मैसेजिङ्ग र कलिङ्ग एप पनि हो । आजै भाइबरमा जोडिनुहोस्र विश्वकै उत्कृष्ट सञ्चार माध्यमको अनुभव संगाल्नुहोस्। थप सोधपुछका लागि हामीलाई सम्पर्क गर्नुहोस्ः  media@viber.com

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी