टीकापुरमा छाला जुत्ता उत्पादन , कृषि मुख्य प्राथमिकता

टीकापुरमा छाला जुत्ता उत्पादन , कृषि मुख्य प्राथमिकता

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

लम्की , ८ असार । टीकापुर नगरपालिकाको नीति तथा कार्यक्रममा छाला जुत्ता उत्पादन र कृषि मुख्य प्राथमिकतामा पारिएकोे छ । नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को पारित नीति तथा कार्यक्रममा रोजगार सिर्जना गर्ने उद्देश्यले जुत्ता उद्योग र कृषि क्षेत्रलाई प्राथमिकतामा पारिएको छ । कोभिड–१९ को प्रभाव कम गर्न कृषि क्षेत्रमा उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र श्रम अभियान सञ्चालन गर्ने नीति नगरपालिकाले लिएको छ ।

उत्पादनशील, स्वस्थ, शिक्षित, पूर्वाधारयुक्त सुव्यवस्थित पर्यटकीय नगर बनाउने उद्देश्यले आउँदो वर्षको नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख तपेन्द्रबहादुर रावलले सभालाई जानकारी गराउनुभयो ।
‘‘टीकापुर नगरपालिकाको प्रतिबद्धता, निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको सुनिश्चितता’’ भन्ने नाराका सात शिक्षा नीति लिइएको छ । ‘‘झिकाउ, सिकाउ टिकाउ’’ भन्ने नाराका साथ बालबालिकालाई विद्यालय भर्ना गर्ने र दिवा खाजा कार्यक्रम विस्तार गर्ने नीति छ ।
न्यून पारिश्रमिकमा काम गरिरहेका बालविकास सहजकर्तालाई प्रोत्साहन भत्ता दिने तथा ‘‘हामी सबैको रहर साक्षर टीकापुर शहर’’ भन्ने नारका साथ पूर्ण साक्षर नगर घोषणा गर्ने नीति लिइएको छ ।
महिला हिंसा, छुवाछुत, अन्धविश्वास र कुप्रथालगायत सम्पूर्ण गलत प्रचलन तथा प्रवृत्ति अन्त्य गर्र्दै लैङ्गिक समानतासहितको उच्च संस्कारयुक्त नागरिक तथा सभ्य समाजको निर्माण गर्न छाउपडी गोठमुक्त नगरपालिका घोषणा गर्ने नीति छ । त्यस्तै “टीकापुर शहर, सडक मानवरहित नगर” कार्यक्रमअन्तर्गत आश्रयविहीन सडक मानवका लागि यथोचित व्यवस्था मिलाइने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी