ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन हुनुपर्ने

ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन हुनुपर्ने

  • सोमवार, असार ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौँ, ८ असार । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा पशुपन्छी विज्ञहरुले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन अनिवार्य हुनुपर्ने बताएका छन् ।
नेपालमा ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको सङ्ख्या झन्डै ५२ हजार छ । “पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” ले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता हुन एसइई परीक्षा उत्तिर्ण र अनुमति प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३५ दिनको भेटेनरीसम्बन्धी तालीम लिएको हुनुपर्ने व्यवस्था छ ।

विज्ञहरुले पशु चिकित्सा सेवा सम्वेदनशील विषय भएकाले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता अभिवृद्धिमा सरकारले थप सहयोग गर्नुपर्ने वा नेपाल सरकारको भेटेनरी विषय विशेषज्ञको अनुमतिले कामको जिम्मेवारी सुम्पिनुपर्ने बताएका छन् ।
समितिका सभापति पूर्णकुमारी सुवेदीको सभापतित्वमा आज आयोजित बैठकमा पशुपन्छी विज्ञ नाराणप्रसाद घिमिरेले कानूनले ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई असीमित अधिकार दिए पनि उनीहरुको क्षमता विकास गर्न थप सहयोगको व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो । ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धमा सुझाव लिने अभिप्रायबाट आयोजित बैठकमा विज्ञ जनक रावलले अधिकारलाई कुण्ठित पार्न नहुने तर, ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई ऐनको दायरामा ल्याउनुपर्ने र भेटेनरी चिकित्सकको सुपरिवेक्षणमा रहनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो ।
बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विज्ञका रचनात्मक सुझावलाई सरकारले सकारात्मक रुपमा आत्मासाथ गर्दै अघि बढ्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी