मिलोमतोमा धमाधम भारतीय ट्रकमा तरकारी र फलफुल भित्रिदै, नेपाली कृषक मर्कामा

मिलोमतोमा धमाधम भारतीय ट्रकमा तरकारी र फलफुल भित्रिदै, नेपाली कृषक मर्कामा

  • आइतवार, असार ७, २०७७
  • डम्मर राज भट्ट

  • 15.1K
    SHARES

कन्चनपुर, ७ असार ।  भारत कोरोना महामारीको उच्च जोखिममा छ । नेपाल भन्दा भारतमा कोरोनाको संक्रममण तिब्र रुपमा अघि बढिरहेको छ ।
कोरोनाको उच्च जोखिममा रहेको भारतबाट भारतीय नम्बर प्लेटका सवारी साधन ट्रकका ट्रकमा दैनिक फलफुल तथा तरकारी नेपाल भित्रिरहेको छ ।
असारको शुरुवातसंगै लकडाउन खुकुलो पार्ने निर्णयसंगै भारतबाट अनिवार्य खाद्यान्न बस्तु आयात गर्न दिने सरकारी निर्णय भएपनि भारतीय ट्रकमा धमाधम तरकारी र फलफुल आईरहेको छ । महेन्द्रनगरका तरकारी व्यवसायी शिवराज गुप्ता, बिरेन्द्र गुप्ता, घटाल फुट सेन्टर, जयदुर्गो फुट सेन्टर लगायतका तरकारी पसलमा धमाधम भारतबाट तरकारी आयात भईरहेको छ । भारतीय नम्बर प्लेटका सवारी साधनबाट दैनिक धमाधम भारतबाट तरकारी आयात भएपछि स्थानीय बिरोधमा उत्रिएका छन् । नेपाली किसानका खेतमा तरकारी कुहिरहेका बेला भारतबाट जोखिम मोलेर भारतीय तरकारी नेपाल भित्रिन थालेपछि स्थानीय एव उपभोक्ता आक्र्रोसित भएका छन् । भारतबाट धमाधम तरकारी महेन्द्रनगर भित्रिन थालेपछि स्थानीय केही व्यवसायी बिरोधम उत्रिएका छन् । व्यवसायी समेत रहेका राष्ट्रिय उपभोक्ता हित मञ्चका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले मिलोमतोम भारतीय ट्रकमा कोरोना भित्र्राउने काम भईरहेको आरोप लगाए । ‘अहिले कोरोनाको उच्च जोखिम छ, ‘उनले भने, ‘नाका बन्द हुँदा भारतीय सवारी साधनमा कसरी आईरहेको छ, तरकारी फलफुल ।’ कोरोनाका बेला भारतबाट आउने तरकारी एव फलफुलको गुणस्तरियताको के ग्यारेन्टी छ भन्दै उनले प्रशन गरे । सीमा क्षेत्र गड्डाचौकीदेखि महेन्द्रनगरसम्म प्रहरी छन, तर कहिकतै उनीहरुलाई नरोकेपछि उनले मिलोमतोमा आएको दावि गरे । ‘भारतीय नम्बर प्लेटका सवारी साधनमा यसरी कोरोना भित्र्राउने हिसाबले तरकारी र फलफुल आयात भईरहेको छ, ‘उनले भने, ‘यस्तो समयमा कुन कुन प्रहरी निकायले पैशा खाईरहेका छन, त्यसको पनि छानबिन हुनुपर्छ ।’
सत्तारुढ दल नेकपा निकट अनेरास्ववियू कञ्चनपुरका नेताहरुले महेन्द्रनगरमा भारतीय नम्बर प्लेटका सवारी साधन देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेता कैलाशचन्द्र गिरीले मिलोमतोमा भारतबाट नेपालीको स्वस्थ्यमा खेलवाड गर्ने हिसाबले खाद्य बस्तु आयात भईरहेको बताए । ‘दिनदाहडै भारतबाट तरकारी आईरहेको छ, ‘उनले भने, ‘किन रोकिएको छैन, सीमा क्षेत्रमा गुणस्तरियता र स्वच्छता नाप्ने मेसिन छैन् ।’ उनले यसरी आईरहेको तरकारी बारे छानबिन गर्नुपर्ने बताए । अनेरास्ववियूका अर्का नेता सुरेश भट्टले धमाधम भारतबाट तरकारी आउँदा जोखिम बढेको बताए । उनका अनुसार नेपाली किसानकै तरकारी खपत गर्नुपर्छ । भन्सार काटेर आएका दुई भारतीय ट्रकलाई वडा प्रहरी कार्यालय महेन्दनगरको टोलीले नियन्त्रणमा लिएर भन्सार पठाएको थियो । तरकारीवालाहरुले भने प्रहरीसंग सोधेरै भारतबाट तरकारी ल्याएको बताउदै केही व्यक्तिले अनावश्यक दुख दिईरहेको गुनासो पोखेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले अतिआवयक खाद्य समान ल्याउन दिने भनेपनि भारतीय ट्रकमा ओसार्ने नहुने बताए । उक्त ट्रकमाथि छानबिन गरिने उनले बताए । यसरी कोरोनाको महामारीका बेला तरकारी आयात हुन थालेपछि स्थानीयले बलतल्ल नेपाली तरकारी लगाउने काममा संलग्न भएका बेला फेरी भारतबाट तरकारी आएर परनिर्भर बनाउन खोजेको समेत टिप्पणी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी