आयातित तरकारी भान्सामा : स्वदेशी खेत बारीमै कुहिए !

आयातित तरकारी भान्सामा : स्वदेशी खेत बारीमै कुहिए !

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

नवलपुर, असार ६ । पूर्वीनवलपरासीका किसानले उत्पादन गरेका लाखौँ मुल्य बराबरका तरकारीले बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । लामो समयको लकडाउन केही खुकुलो भएपनि यहाँ उत्पादन भएको तरकारी जिल्ला बाहिर ढुवानी हुन नसक्दा कृषक चिन्तित बनेका छन् ।

जिल्लामा उत्पादन हुने अधिकांश तरकारी नेपालगञ्ज, नारायणगढ, बुटवल, पोखरा, काठमाडौँलगायतका शहरमा बिक्री हुँन गर्दथ्यो । लकडाउन खुकुलो भएपनि यहाँका कृषकले उत्पादनलाई बजारसम्म पु¥याउन सकिरहेका छैनन् । जिल्लामा टमाटर, बोडी, घिरौँला, करेला, लौका, काँक्रा, फर्सी, चिचिन्डो, भिन्डी, सिमला मिर्च ९क्याप्सिकन०लगायतका तरकारी धेरै उत्पादन हुने गरेको छ ।

प्रतिव्यक्ति १० बिघासम्म बारीमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । मध्यविनदु नगरपालिका–३ लेढाका जुगतबहादुर थनेतले ३५ कठ्ठा क्षेत्रफलमा लगाएको घिरौँला, लौका, काँक्रा, टमाटरलगायतका तरकारीले बजार नपाएको गुनासो गर्नुभयो । यस सिजनमा करिब रु चार लाख खर्च गरेको भएपनि तरकारी बिक्री नहुँदा घाटा हुने अवस्था आएको उहाँले बताउनुभयो ।

अघिल्लो वर्षमा खाद्यान्न बालीबाट भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी भएपछि यस वर्ष पनि आफ्नो सबै खेतबारीमा तरकारी खेती गरेको उहाँको भनाइ छ । यहाँ अरुको जग्गा भाडामा लिएरसमेत कृषकले व्यवसायिकरुपमा तरकारी खेती गर्दै आएका छन् । अरुको बारीमा तरकारी खेती गर्ने कृषकलाई भने बैँकको ऋण कसरी तिर्ने भन्ने चिन्ता रहेको छ ।

कावासोती नगरपालिका–१७ गोछडाटारका कृषक रामेश्वर न्यौपानेले आफूले विभिन्न स्थानमा गरी पाँच बिघा जमिनमा व्यवसायिकरुपमा तरकारी खेती गरेको बताउनुहुन्छ । “बैँकबाट ऋण लिएरै भएपनि तरकारी खेती गरेको थिएँ” उहाँले भन्नुभयो, “अहिलेको अवस्थाले तरकारी बिक्री नहुँदा उत्पादन भएका अधिकांश तरकारी बारीमै कुहिन थालेका छन् ।” बिक्रीका लागि तयार भएका तरकारी भण्डारण गर्ने स्थानको अभावका कारणसमेत आफूले नोक्सान व्यहोर्नु परेको उहाँको भनाइ छ ।

“ताजा तरकारी टिपेर बजार पठाउन पाइएन भने दुई÷तीन दिनमा कुहिन शुरु गर्छ” उहाँको गुनासो छ, “हाम्रो बारीमा उत्पादन भएका तरकारी बिक्री नभएको अवस्थामा भण्डारण गर्ने व्यवस्था हुन सके केही समय भएपनि ताजै राख्न सकिन्थ्यो ।” यस पटक उत्पादनमा घाटा भएपछि ऋण कसरी तिर्ने भन्ने समस्याले पिरोलिरहेको उहाँको भनाइ छ ।

कावासोती १३ का किसान सोमबहादुर विश्वकर्माको समस्या पनि फरक खालको छैन । उहाँले साढे दुई बिघा जमिन भाडामा लिएर करिब रु पाँच लाख लगानी गर्दै तरकारी खेती गर्दै आउनुभएको थियो । सामान्य अवस्थामा एक सिजनमै लगानी कटाएर रु तीन÷चार लाख आम्दानी हुने अपेक्षा गरेको भए पनि लकडाउनका कारण लगानी समेत डुबेको उहाँले गुनासो गर्नुभयो ।

बारीमा उत्पादन भएको तरकारी केही दिन साइकलमै बोकेर गाउँघरतिर बेच्न हिँडेको भएपनि गाउँमा खासै बिक्री नहुने भन्दै उहाँले भन्नुभयो, “यत्रो धेरै तरकारी एक्लै बेचेर नसकिने भएपछि साइकलमा बेच्न हिड्न समेत छाडिदिएँ ।” यस पटकको तरकारी खेतीबाट अर्को पटकलाई बीऊ जोगाएर राख्ने काम बाहेक अन्य हुन नसकेको उहाँले बताउनुभयो ।

यहाँ करिब तीन सयको हाराहारीमा व्यवसायिक तरकारी कृषक छन् । उनीहरु सबैले लकडाउन कारण तरकारी बिक्री गर्न नपाउँदा लाखौँको नोक्सानी बेहोर्नु परेको बताएका छन् । उत्पादित तरकारीले बजार नपाउनु र भारतबाट आएका तरकारी भने निर्वाधरुपमा ठूला बजारमा प्रवेश पाउनुले किसान मारमा परेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी