जन्ती लिएर बेहुली लिन जाँदा आधा बाटोमै बेहुला कोरोना संक्रमित भएको थाहा भए पछि….

जन्ती लिएर बेहुली लिन जाँदा आधा बाटोमै बेहुला कोरोना संक्रमित भएको थाहा भए पछि….

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

एजेन्सी असार ६ । कोरोना महामारीले विश्वभर अनेकौ आर्थिक सामाजिक जीवनमा असर पुर्याईरहेको छ । यस महामारीका अवधिमा पनि अनेकौँ अनौठा घटनाहरु भईरहेका छन् ।
यस्तै भएको छ भारतको अमेठीमा । बिबाहका लागि जन्ती लिएर जादै गर्दा बाटोमै बेहुला र उनका बाबुलाई कोरोना लागेको खुले पछि जन्ती फर्काएको छ प्रहरीले ।
पाँचवटा गाडीमा बाजा गाजा सहित सजिएर हिडेका बेला स्वास्थ्यकर्मी र प्रहरीले अचानक बीच बाटोमै जन्तीलाई रोकेर बेहुला र उनका बुवालाई कोरोना भएको जानकारी दिए पछि सबै अचम्मित भएका थिए ।
त्यस पछि बेहुला र उनका बाबु साथै उनीहरुको परिवारका दश जनालाई बाटैबाट एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो । बेहुला दिल्लीको कपडा ब्यापारी भएको बताईएको छ ।
यो जन्ती दिल्लीबाट जादै गरेको र बेहुला ३० बर्षको भएको टाईम्स अफ् ईन्डियाले लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी