बेलौउरीका उखु किसानलाई कृषि उपकरण तथा कृषि यन्त्र हस्तान्त्रण

बेलौउरीका उखु किसानलाई कृषि उपकरण तथा कृषि यन्त्र हस्तान्त्रण

  • शनिबार, असार ६, २०७७
  • डम्मर राज भट्ट

  • 15.4K
    SHARES

कन्चनपुर,६असार । व्यवसायी रूपमा उखु खेति गर्न् र उखु उत्पादनमा वृद्धिगर्नका लागि बेलौउरी नगरपालिका वडा नम्बर १० का किसानहलरूलाई बेलौउरीमा सार्वजनिक सुनवाई कार्यक्रम बाट कृषि उपकरण तथा कृषि यन्त्रहरु हस्तान्त्रण गरिएको छ ।

कृषि ज्ञान केन्द कंचनपुरको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यक्रम अन्तर्गत नमुना कृषि गाउँ ९उखु० बेलौउरी वडा नम्बर १० मा कृषि उपकरणहरू हस्तान्तरण एबम सार्बजनिक सुनुवाइ कार्यक्रम बाट उत्त उपकरणहरू किसानहरूलाई हस्तान्तण गरीएको थियो । उखु उत्पादनमा बृद्धि होस् भन्ने उदेश्यका साथ उक्त उपकरणहरू हस्तान्त्रण गरीएको समतिका कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट्ले जानकारी गराउनु भएको छ ।
उनका अनुसार कृषि सामाग्रीमा ट्रेक्टर, पावर टिलर ,मीन टिलर लगाएत का अन्य उखु उत्पादन सम्बन्धिका समानहरू किसानहरूलाई हस्तान्त्रण गराएको बताए । बेलौउरी नगरपालिकाको वडा नम्बर १० मा रहेका किसानहरूलाई एक औपचारीक कार्यक्रम बाट उपकरणहरु हस्तान्त्रण गरीएको हो । किसानको उत्पादनमा बृद्धि गराउने र किसानलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ यो कार्यक्रम लागु भएको प्रमुख भट्ट्ले बताए ।


कृषि ज्ञान केन्द्र कन्चनपुरका प्राविधिक जनक सिंहले नगरपालिका तथा गाउँपालिका सँग मिलेर स्थानीयस्तरमा सुहाउँदो बालीनाली उत्पादन गर्ने पूर्वाधार र प्रविधियुक्त बनाउने कार्यक्रम रहेको बताउदै यी उपकारणहरुको संरक्षण गर्नु नगरपालिका,वडाहरूको पनि दायित्व रहेको बताए । किसानको उत्पादकत्व बृद्धि गराउनमा यो कार्यक्रमले किसानहरूलाई केही हदसम्म सहयोग हुने बताए ।
यो समितिले सबै भन्दा राम्रो कामगरेको प्रशंसा गर्दै सिंहले भने किसानहरूलाई सत प्रतिशत आत्मनिर्भर बनाउनुमा समितिले लाग्नुपर्नेमा जोड दिए । त्यसै गरी बेलौउरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले भने यो कार्यक्रमले स्थानिय स्तरमा रोजगारी तथा आत्मनिर्भर बनाउने बताए ।


यो उखु खेती संगै अन्य बाली समेत गर्न सकिने भन्दै । यी औजारहरुको सामुहिक प्रयोगमा बढी भन्दा बढी प्रयोग गर्नुपर्नेमा जोड दिए । उत्त क्षेत्रमा बजारको दर भन्दा कम मुल्यमा किसानको काम गर्न सकिने समेत बताएका छन् । भने यो कार्यक्रम किसानहरूका लागि एकदमै उचित भएको भन्दै यस कार्यक्रमले बेलौउरी क्षेत्रका किसानहरलाई ठुलो सहयोग पुग्ने बताए ।


उक्त कार्यक्रममा प्रमुख अतिथि सभासद कुलबिर चौधरी, विशिष्ट अतिथी नगर प्रमुख पोतिलाल चौधरी, र कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट् लगाएत स्थानीयहरूको पनि उस्थितीरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी