शुक्लाफाटा नगरपालिकाका किसानलाई कृषि यन्त्र , उपरकण हस्तान्तरण

शुक्लाफाटा नगरपालिकाका किसानलाई कृषि यन्त्र , उपरकण हस्तान्तरण

  • बुधबार, असार ३, २०७७
  • डम्मर राज भट्ट

  • 10.6K
    SHARES

कन्चनपुर, ३ असार ।  कञ्चनपुरको मध्य भागमा रहेको शुक्लाफाँटा नगरपालिका वडा नं ७,८,९ र १० मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत मकै ब्लक र मु¨ ब्लकमा आवद्ध रहेका किसानहरूलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण हस्तान्तरण गरिएको छ ।
परियोजना अन्र्तगत १८ जना किसानलाई पावर टिलर, आठ जना किसानलाई मिनी पावर टिलर, स्प्रे टंकी ४० वटा, कर्न सेलर पाँच वटा, मेज हार्भेष्टर दुई वटा, सोलार सिचाई एक वटा उपलव्ध गराईएको छ । यसैगरी, साना सिचाई ३० वटा, ग्रेडिङ मेसिन एक वटा र दाल दल्ने मेसिन एक वटा किसानलाई अनुदानमा उपलव्ध गराईएको छ । कृषि औजार हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य जोशीले अनुदानमा उपलव्ध गराएका औजार र उपकरणको सदुपयोग गरी कृषि उत्पादकत्वमा बृद्धि गरिनु पर्ने बताउनु भएको छ । सुदूरपश्चिमका सभा सदस्य महेशदत्त जोशी, नगर प्रमुख दिल बहादुर ऐर , कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट् लगायतले अनुदानमा उपलव्ध गराईएका कृषि औजार तथा उपकरण हस्तान्तरण गर्नु भएको थियो ।
किसानहरलाई कृषि क्षेत्र तिर आत्मनिर्भर बनाउनका लागि अनुदानमा कृषि औजार तथा उपकरण वितरण गरिएको उल्लेख गर्नु हुदै उहाँले कृषि उत्पादन संगै बजारीकरणमा जोड दिनु पर्ने बताउनु भयो । कृषि र स्वास्थ्यलाई प्रदेश सरकारले प्राथमिकतमा राखेर बजेट विनियोजन गरेको छ उहाँले भन्नु भयो, “सामुदायिक वन भित्र समेत खेती गर्न सक्ने अबधारण प्रदेश सरकारले अघि सारेको छ । शुक्लाफाटा नगरपालिका नगर प्रमुख दिल बहादुर ऐरले कृषिको समग्र विकासका लागि नगरपालिकाले दीगो नीति अख्तियार गरेको बताउनु भयो ।


किसानलाई व्यवसायीक बनाउनका लागि यान्त्रीकरणमा साझेदारी गर्दै आएको चर्चा गर्नु हुदै उहाँले किसानलाई दरिलो बनाउनका लागि कार्यक्रम ल्याउने तयारी भैरहेको बताउनु भयो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले कृषिको उत्पादन बढाउन र लागत खर्च घटाउनका लागि अनुदानमा वितरण गरिएका कृषि औजार तथा यन्त्रले सघाउ पुरयाउने बताउनु भयो । किसानलाई व्यवसायीकरण गर्न, आयआर्जनमा बृद्धि गर्न,युवाहरूलाई रोजगारी प्रदान गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत अनुदानमा उपलव्ध गराईएका कृषि यन्त्रले मद्दत पुरयाउने उहाँले बताए । कञ्चनपुर र कैलालिका २२ वटा स्थानिय तहमा परियोजनाले कृषि क्षेत्रमा काम गरीरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी