केरा खेतिलाई बृद्धि गर्न् किसानहलरूलाई कृषि उपकरण तथा कृषि यन्त्र हस्तान्त्रण

केरा खेतिलाई बृद्धि गर्न् किसानहलरूलाई कृषि उपकरण तथा कृषि यन्त्र हस्तान्त्रण

  • आइतवार, जेष्ठ ३२, २०७७
  • डम्मर राज भट्ट

  • 13.3K
    SHARES

कन्चनपुर,३२ जेठ । व्यवसायी रूपमा केरा खेति गर्न् र केरा उत्पादनमा वृद्धिगर्नका लागि कृष्णपुर नगरपालिका वडा नम्बर १,२,४,५,र ६ का किसानहलरूलाई कृष्णपुर केरा ब्लक समितिको सार्वजनिक सुनवाई कार्यक्रम बाट कृषि उपकरण तथा कृषि यन्त्रहरु हस्तान्त्रण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना तथा कृषि ज्ञान केन्द्र कञ्चनपुरद्धारा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजना र ९केरा० कृषक समन्वय समिति कृष्णपुरको पहलमा उक्त क्षेत्रका किसानहरूको उत्पादनमा बृद्धि होस् भन्ने उदेश्यका साथ उक्त उपकरणहरू हस्तान्त्रण गरीएको समतिका अध्यक्ष सुरेन्द्र चौधरीले जानकारी गराउनु भयोको छ ।

उनका अनुसार कृषि सामाग्रीमा पावर टिलर ,मीन टिलर लगाएत का अन्य केरा उत्पादन सम्बन्धिका समानहरू किसानहरूलाई हस्तान्त्रण गराएको बताए । कृष्णपुर नगरपालिकाको वडा नम्बर १,२,४,५,६ मा रहेका किसानहरूलाई एक औपचारीक कार्यक्रम बाट उपकरणहरु हस्तान्त्रण गरीएको हो । किसानको उत्पादनमा बृद्धि गराउने र किसानलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ यो कार्यक्रम लागु भएको हो ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले नगरपालिका र गाउँपालिकासँग मिलेर स्थानीयस्तरमा सुहाउँदो बालीनाली उत्पादन गर्ने पूर्वाधार र प्रविधियुक्त बनाउने कार्यक्रम रहेको बताउदै यी उपकारणहरुको संरक्षण नगरपालिका,वडाहरूको पनि रहेको बताए । किसानको उत्पादकत्व बृद्धि गराउनमा यो कार्यक्रमले किसानहरूलाई ठुलो सहयोग हुने बताए । उक्त कार्यक्रम थपघट हुने समेत बताए । यो समितिले सबै भन्दा राम्रो कामगरेको प्रशंसा गर्दै भट्टले भने किसानलाई सत प्रतिशत आत्मनिर्भर बनाउनुमा समितिले लाग्नुपर्नेमा जोड दिए ।

त्यसै गरी कृषि ज्ञान केन्द्र कन्चनपुरका प्राबिधिक जनक सिंहले भने यो कार्यक्रमले रोजगारीका साथै आत्मनिर्भर बनाउने बताए । यो केरा खेती संगै अन्य बाली समेत गर्न सकिने भन्दै । यी औजारहरुको सामुहिक प्रयोगमा बढी भन्दा बढी गर्नुपर्नेमा जोड दिए । बजारको दर भन्दा किसानको काम सस्तोमा समेत गर्न सकिने धारण समेत व्यक्त गर्नुभोको छ । कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण हमालले भने यो कार्यक्रम एकदमै राम्रो भएको भन्दै यस कार्यक्रमले कृष्णपुर क्षेत्रका किसानहरलाई ठुलो सहयोग पुग्ने बताए । त्यसै गरी प्रदेश सभा सदस्य माननिय महेश जोशीले औजारको किसानले सहि सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् । कृषि यन्त्र तथा उपकरण पाएपछि कृष्णपुर क्षेत्रका किसान पनि खुसी भएका छन् ।

कन्चनपुरका व्यापारीहरू केरा लिन भारत जाने गरेका छन् तर केही बर्ष यता कन्चनपुर मै केरा उत्पादन बढे पछि भारत बाट आउने केराको आयातमा भने कमी भएको छ । कन्चनपुरका किसानहरूले कृषि कार्यलाई पुर्णरुपले व्यवसायी गर्नुपर्नेमा जोडदिएका थिए ।

त्यसै गरी यस बर्ष कन्चनपुर र कैलालिमा २०० हेक्टरमा केरा खेति हुदैछ । उक्त कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सदस्य माननिय महेश जोशी,बिशिष्ठ अतिथिमा कृष्णपुर नगरपालिका नगर प्रमुख कर्ण हमाल र बिशिष्ट अतिथिमै कृषि ज्ञान केन्द्र कन्चनपुरका प्रमुख रामचन्द्र भट्ट् लगाएतको उस्थितीरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी